
काठमाडौं उपत्यकामा नेपाल प्रहरीका २१९ भवनमा क्षति
काठमाडौं -काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीका २१९ वटा भवनहरूमा क्षति भएको पाइएको छ ।
अधिकांश भवनमा क्षति भएपछि अहिले दैनिक पुलिसिङमा समेत असर पर्दै आएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार क्षति भएका मध्ये १४ वटा भवन त पुनर्निमार्ण गर्नै नमिल्ने किसिमका छन् ।१४ भवनहरू नयाँ बनाउनुपर्ने अवस्थामा रहेको बताइएको छ । त्यसैगरी १०६ वटा प्रहरी कार्यालयहरू भने पुनर्निमार्ण गरेर बस्न मिल्ने अवस्थाको रहेको बताइएको छ । त्यस्ता कार्यालयहरू अहिले स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाहरू मिलेर धमाधम पुनर्निमार्ण गरिरहेका छन् ।
त्यस्तै ९९ वटा भवनहरुमा भने सामान्य क्षति भएको छ । तोडफोड गरिएका ती भवनहरु सामान्य ममर्त गरे पुग्ने अवस्थाका छन् जेनजनी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ ठूलो क्षति भएको थियो । प्रहरी कार्यालयत तोडफोड र आगजनीदेखि सवारी पनि जलाइएका थिए । तीन प्रहरी त प्रदर्शनकारीको तर्फबाट मारिएका थिए ।
















https://shorturl.fm/IEkRM