
दलित बहुउद्देश्यीय सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न
पुनर्वास -कंचनपुर पुनर्वास नगरपालिका–३ मा रहेको दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार एक भव्य समारोहका बीच संस्थाको २८ औं साधारण सभा सम्पन्न भएको हो।
साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार रायमाझीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा केन्द्रिय दुग्ध सहकारीका सञ्चालक सदस्य भरत बहादुर बिष्ट हुनुहुन्थ्यो।
त्यस्तै,अतिथिहरूमा पुनर्वास नगरपालिकाका अधिकृत सहकारी शाखा प्रमुख धौलाराम सार्की, पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णबहादुर तामाङ, पुनर्वास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मनोज जैसी,
सगरमाथा कृषि सहकारी संस्थाका अध्यक्ष नवीन तिमिल्सेना,नागरिक बचत तथा ऋण सहकारी अध्यक्ष धोखे राना, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धर्मकला पौडेल, शुभेच्छा पशुपालन सहकारी अध्यक्ष पदम प्रसाद शर्मा,पृथ्वीबस्ती दुग्ध सहकारी संस्थाका अध्यक्ष दशरथ सुवेदी संस्थाका पुर्व अध्यक्ष सेते बिस्वकर्मा ,पृथ्वी कृषि सहकारी संस्थाका व्यवस्थापक पुष्पा रोकाया लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले शुद्ध तोरिको तेल कोलु सञ्चालन गरि उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ भने उपभोक्तालाई रसायनिक मलखाद घरेलु ग्यास लगायत बृद्धबृद्धालाई सम्मान स्वरूप न्यानो सिरक,कम्बल वितरण गर्ने,उनिहरूलाई बेलाबेलामा भ्रमण गराउने जस्ता जेष्ठ नागरिक सम्मानका कार्यक्रम समेत सञ्चालन गर्दै आएको संस्थाका व्यवस्थापक दानबहादुर रावलले बताउनुभयो।
कार्यक्रममा सहकारी संस्थाको आर्थिक वर्ष २०८१÷२०८२ कुल ३०करोड ४४ लाख ५०हजार रुपैँया बराबरको वार्षिक आयव्य प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक वर्षमा ३१ करोड २३ लाख ३९ हजार २२९ रुपैया बराबरको प्रस्तुत गरेका यथार्थ खर्च देखाउदा सहकारीले आर्थिक बर्ष २०८२/२०८३ का लागि प्रस्तावित २४ करोड ९३ लाख बराबरको अनुमानित संस्थाका कोषाध्यक्ष कञ्चन गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा लेखा प्रतिवेदन संस्थाका लेखा संयोजक गजेन्द्र ढकालले गरेका थिए । पुनर्वास नगरपालिका -३ कालिका संस्थाको मुख्य कार्यालय बजारमा रहेको सहकारीले संस्थाको कारोबार अझ बढि विस्तार गर्ने उद्देश्यले पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँ पुनर्वास नगरपालिका वडा नम्बर १० लालझाडीमा त्यसतै बेलौरी नगरपालिका ४ बेलौरी बजारमा समेत शाखा विस्तार गरेको छ ।
२ हजार १ सय ८७ जना सेयर सदस्य रहेको सहकारी संस्थामा असल ऋणी नियमित बचत तथा कारोबारलाई ईमानदारी पुर्ण पूरा गर्ने २१ जना शेयरसदस्यहरुलाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयाप्रसाद शर्माले सहकारी सफलताको शुभकामनासँगै दलित बहुउद्देश्यीय सहकारीको कारोबार र सेयर सदस्यलाई प्रदान गरेको सेवाप्रति प्रशंसा गर्नुभएको थियो ।
उहाँले अन्य ठाउँका सहकारी सञ्चालकले जस्तो सहकारी डुबाउने तथा ठगि गर्ने कार्य पुनर्वासमा नभएको कुरामा जोड दिंदै पुनर्वासमा अब राम्रा काम गर्ने सहकारीलाई पुरस्कृत गरिने तथा गलत काम गर्ने सहकारी कर्मचारी एबं सञ्चालकलाई दण्डित गरिने पुनर्वास नगरपालिकाले छिटै कानुन ल्याउने बताउनुभयो ।

संस्थाको आफ्नै प्राङ्गणमा भएको कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागिता थियो भने कार्यक्रमको सञ्चालन संस्थाका संचालक सचीव राम सिंह बडुवालले गर्नु भएको थियो ।















