Above Article Ad
  • सरस्वती माध्यमिक बिद्यालयले मनायो ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको दक्षिणक्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर २ मोतीबस्तीमा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    शनिबार विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य तारालामा तामाङको प्रमुख आतिथ्यतामा बिद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

    Article inline ad #1
  • कार्यक्रममा बोल्नुहुदै प्रतिनिधि सभा सदस्य तामाङले आफ्नो निर्वाचन क्षेत्रका सबै बिद्यालयमा शैक्षिक गुणस्तरका लागि कुनै प्रकारको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    बिद्यालयका लागि भौतिक पुर्वाधार, शैक्षिक गुणस्तर र विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापमा आफ्नो पहल पुर्ण रुपमा रहने भन्दै बार्षिकोत्सव कार्यक्रम सफलताको शुभकामना समेत दिनुभएको थियो ।

    Article inline ad #2

    त्यस्तै विशिष्ट अतिथिमा रहनुभएकी राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले विद्यालयको ४५ औँ वार्षिक उत्सवमा आउन पाउदा निकै खुशी भएको बताउनुभयो ।
    उहाँले यस विद्यालयको अन्य सामुदायिक विद्यालय भन्दा शैक्षिक गुणस्तर निकै राम्रो भएको र केही भौतिक पूर्वाधारहरूमा समेत सुधार पाएको जानकारी दिनुभयो। आगामी दिनमा विद्यालय क्षेत्रहरूमा मैले गर्ने सहयोगका कुराहरुमा आफू कटिबद्ध भइ लाग्ने सुनाउदै ४५ औँ वार्षिक उत्सवको शुभकामना दिनुभएको थियो ।

    त्यसैगरी, सुदुरपश्चिम प्रदेश सभाका प्रदेश सदस्य माननीय बीर बहादुर थापाले आज आफैले अध्यापन गराउदै आएको यस विद्यालयको वार्षिकोत्सब समारोहमा सहभागी हुन पाउँदा निकै खुशी भएको बताउनुभयो ।

    उहाँले शिक्षक तथा व्यवस्थापनको टिमलाई धन्यवाद दिदै विद्यालयका लागि आफ्नो तवरबाट हुने भौतिक पूर्वाधार तथा शैक्षिक सुधारका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने र विद्यालय शैक्षिक स्तर कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफु गम्भीर भएको जानकारी दिनुभयो । अन्तमा यस कार्यक्रमको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले आर्थिक बर्ष ०८०/८१ को कुल ५७ लाख ९५ हजार ६५० रूपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो भने विद्यालयभित्र रहेका विभिन्न समस्याबारे उजागर गर्दै अभिभावकज्यूहरूलाई समेत यस विद्यालयमा समयसमयमा आएर विद्यालयलाई सुझाव सल्लाहका साथै हातोमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    अतिथिमा रहनुभएका समाजसेवी विश्वनाथ बिष्टका छोरा हालअमेरिकामा रहनुभएका शिव बिष्टले जेहेन्दार र विपन्न विद्यार्थीका लागि ५१ हजार एक सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
    त्यसैगरी, शिक्षा क्षेत्रबाट शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको मुल्यांकन गर्दै विद्यालयका संस्थापक प्रधानाध्यापक छविलाल खनिया, शिक्षिका हेमलता भण्डारी, शिक्षक बुद्धि तामाङ, रामबहादुर रानालाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मानित गरिएको थियो ।

    बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन सुनारको सभापतित्वमा भएको कार्यक्रमको अतिथिमा पुनर्वास नगरपालिका निवर्तमान उपप्रमुख शारदा बिष्ट शर्मा, पुनर्वास नगरपालिका वडा नम्बर २ का निवर्तमान वडा सदस्य डिल्ली सार्की त्यसैगरी अतिथिमा रहनुभएका जनशक्ति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर देवकर, नेपाल गुज्रे कराते संघका प्रशासक राष्ट्रिय अन्तर्राष्ट्रिय सम्म पुग्नुभएका खेलाडी अरुण एसके लगायत समाजसेवी, बुद्धिजिवि, खेलप्रेमी र अभिभावक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
    बिद्यालयका सह-प्रधानाध्यापक महावीर चन्दको स्वागत मन्तव्यसंगै सुरु गरिएको कार्यक्रमको सञ्चालन शिक्षकद्वोय भिमलामा तामाङ र दिपक सार्कीले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button