
पुनर्वासबाट राप्रपामा को–को प्रवेश भए ?
पुनर्वास– अहिले नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निकै चर्चा छ । नेपालका अन्य दललाई जनताले बुझिसकेपछि अब देश विकासको आधार राप्रपा भन्न थालेका छन् । यहि माहोलमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका विभिन्न दलमा आवद्ध एक्काईस जनाले एकै दिन पार्टी प्रवेश गरेका हुन् ।
सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीमा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुनर्वासका २१ जनाले विभिन्न दल परित्याग गर्दै प्रवेश गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसबाट सोमबहादुर अधिकारी, श्याम बहादुर शाही, राम प्रसाद कडेँल, तर्कबहादुर अधिकारी, हस्तबहादुर खत्री, गोपालदत्त भट्ट, पदम कठायत, वाईसियलका बामदेव जिसी, माओवादीकी जयकला सुनार, नन्दा शाही, कासी बिष्ट, हरिबहादुर बिष्ट, हरिबहादुर शाही, चेतन गुरुङ, अमन बुढाथोकी, लालबहादुर मगर, सन्तबहादुर मोक्तान, केशव पौडेल, लोक्कल चुनारा, सहबिर खत्री र जसपाका तारा गिरीले प्रवेश गरेका हुन् ।
उनीहरुलाई राप्रपाका केन्द्रिय अध्यक्ष लिङदेनले पार्टीमा अविर र खादा सहित स्वागत गरेको राप्रपा कञ्चनपुर-१ का क्षेत्रीय उपाध्यक्ष प्रमोद पौडेलले जानकारी दिए ।