Above Article Ad
  • काँग्रेस साँसद विष्टद्वारा पुल निर्माणको छिटो ठेक्का खोल्न पूर्वाधारका हाकिमलाई निर्देशन 

    Above Article Content Ad
  • कञ्चनपुर । काँग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले पूर्वाधार विकास कार्यालयका अधिकारीलाई पुल निर्माण हुने स्थलमा बोलाएर ठेक्का खोल्न निर्देशन दिएका छन् ।

    प्रदेश सभा सदस्य विष्टले बेलडाँडी गाउँपालिका १ झर्नाखोला र वडा नं. ५ चौधर नदीमा बन्ने पुल क्षेत्र अनुगमनका क्रममा पूर्वाधार कार्यालयका प्रमुख योगेन्द्र बहादुर अधिकारी सहितलाई छिटो ठेक्का प्रक्रियामा जान निर्देशन दिएका हुन् ।

    Article inline ad #1
  • विष्टले पुन निर्माण क्षेत्र अनुगमन गर्ने भएपछि पूर्वाधार कार्यालयका प्रमुख अधिकार कार्यालयका प्राविधिक सहित कर्मचारी र निर्माण व्यवसायीलाई बोकेर पुल निर्माण स्थल पुगेका थिए । अनुगमनका क्रममा विष्टले जनतालाई सुविधाका लागि छिटो भन्दा छिटो पुल बनाउनु पर्नेमा जोड दिए ।

    Article inline ad #2

    साँसद विष्टसँगै बेलडाँडी गाँउपालिकाका अध्यक्ष हरिशचन्द्र राना लगायतका जनप्रतिनिधि सहभागी थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button