Above Article Ad
  • देशभर लागूऔषध विरुद्धको अभियान सञ्चालन गर्न आवश्यक : सांसद लामा

    Above Article Content Ad
  • काठमाडौं -प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले लागूऔषध विरुद्धको अभियान देशभर सञ्चालन गर्न माग गरेका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले लागूओैषध विरुद्धको अभियान, कञ्चनपुर सहित देशभरको सबै क्षेत्रमा लागू गर्न गराउँन र लागु औषध अपराध नियन्त्रणका लागि कठोर तथा ठोस नीति अवलम्बन गर्नुपर्ने बताए ।

    Article inline ad #1
  • उनले भने- ‘लागू औषधले समाजलाई खोक्रो बनाउँदै लगेको छ। त्यसैले लागूओैषध विरूद्घको अभियान, कञ्चनपुर सहित देशभरको सबै क्षेत्रमा लागू गर्न गराउँन र लागु औषध अपराध नियन्त्रणका लागि कठोर तथा ठोस नीति अवलम्बन गर्नु पर्ने देखिन्छ तसर्थ तत्काल सम्माननीय सभामुख ज्यू मार्फत गृहमन्त्रालय ,नेपाल सरकारलाई रुलिङ गर्न आग्रह गर्छु ।’

    Article inline ad #2

    सांसद तामाङले संसदमा राखेको भनाई जस्ताको त्यस्तैः

    सम्मानीय सभामुख ज्यू ।

    लागुओैषध प्रयोगले युवा पुस्ता कुलतमा फसेको छ। समाजमा अपराध बढेका छन्।यसै सन्दर्भमा काठमाण्डौमा उपत्यका प्रहरी कार्यालयले ,यही फागुन १७ गते देखि लागू औषध विरुद्धको महाअभियान सुरू गरेकोमा धन्यवाद र सफलताको शुभकामना।साथै भारतसंग सिमा जोडिएको जिल्लाहरुमा पनि सबैक्षेत्रको सकृय सहभागिमा यस्ता महाअभियानहरु चलाउनु पर्ने देखिन्छ ।

    सीमासँग जोडिएको मेरो गृह जिल्ला कञ्चनपुरमा पनि लागू ओैषध मुख्य चुनौती बनेको छ। चालू आव को ८ महिनामा मात्र ९९ मुद्दा चलेका, १५७ जना पक्राउ परेका र २२ किलो चरेस, २७६ ग्राम ब्राउन सुगर बरामद भएको छ। कञ्चनपुर कारागारमा रहेका कैदीमध्ये ४५ प्रतिशत लागू ओैषधका छन्।

    लागू औषधले समाजलाई खोक्रो बनाउँदै लगेको छ। त्यसैले लागूओैषध विरूद्घको अभियान, कञ्चनपुर सहित देशभरको सबै क्षेत्रमा लागू गर्न गराउँन र लागु औषध अपराध नियन्त्रणका लागि कठोर तथा ठोस नीति अवलम्बन गर्नु पर्ने देखिन्छ तसर्थ तत्काल सम्माननीय सभामुख ज्यू मार्फत गृहमन्त्रालय, नेपाल सरकारलाई रुलिङ गर्न आग्रह गर्छु । धन्यवाद ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6