
अरनिको सैनिक कप : सोमबार भएका दुई खेलमा वाणी र आयोजक पहेँलो विजयी
पुनर्वास- कंचनपुरको पुनर्वासमा जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।
अरनिको युवा क्लबद्वारा आयोजित अरनीको छैठौं सैनिक कप फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको हो ।
पहिलो खेल कालिका युवा क्लब रामबस्ती र वाणी युवा क्लब बीच भएको थियो । उक्त खेलमा कालिका युवा क्लबलाई वाणी युवा क्लबले १ का विरुद्ध ३ गोल प्रहार गर्दै विजयी भएको थियो ।
त्यस्तै, दोस्रो खेल आयोजक पहेँलो र सरस्वती युवा क्लब बीच भएको थियो । खेल निकै प्रतिस्पर्धामा देख्दा दर्शकहरूको सहभागीता उल्लेख्य थियो । तर हापपछिको खेलमा आयोजक हरियोले शुन्यका विरुद्ध एक गोल प्रहार गर्दै सरस्वती युवा क्लबलाई पराजित गरेको थियो ।
स्वर्गीय प्रकाश दहाल प्रतिष्ठानको प्रथम तथा बिज्ञान एसआर म्यानेजमेन्ट प्रा.लि.काठमाडौको द्वितीय पुरस्कार रहेको प्रतियोगितामा विभागीय टिम सहित १९ टिमको सहभागिता छ ।