Above Article Ad
  • नेपाल सि.एम.ए सङ्घ कञ्चनपुरको नगरपालिका स्तरीय भेला सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास । नेपाल सि.एम.ए सङ्घ कञ्चनपुरको नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिवार नेपाल सि.एम.ए सङ्घ पुनर्वासका संयोजक रमेश मगरको अध्यक्षता तथा सङ्घका केन्द्रीय कोषाध्यक्ष धोके रानाको प्रमुख अथित्यतामा पुनर्वास नगरपालिका स्तरीय भेला सम्पन्न भएको हो । नगर स्तरीय भेलामा स्वास्थ्य क्लिनिकका चुनौती र समाधानको विषयमा छलफल भएको थियो ।

    पछिल्लो समय क्लिनिकहरू एक रूपताको दायरामा नरहेकाले पालिका भरी रहेका सबै क्लिनिकहरूलाई एक रूपतामा ल्याउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । यस्तै उनीहरूले क्लिनिकका समस्यालाई समाधान गर्न सि.एम.ए सङ्घले विशेष पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि सि.एम.ए सङ्घ कञ्चनपुर अध्यक्ष तिलक प्रसाद जोशीले पछिल्लो समय चिकित्सकमाथि दमन भइरहेको बताए । उनले कञ्चनपुरको भिमदत्तका केही मेडिकलमा छापा मारेको बताउँदै सि.एम.ए माथि राज्यले विभेद गरेको गुनासो गरे ।

    Article inline ad #1
  • यसको विरुद्धमा अब सिएमए कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिए । आवश्यक मापदण्ड बनाई निर्धक्क भएर काम गर्ने वातावरण सिर्जना गर्न नगरपालिकालाई आग्रह गरे । यस्तै पुनर्वास नगरपालिकाका नगर स्वास्थ्य संयोजक राम बहादुर धामीले अधिकारमा रहेर काम गर्नुपर्ने र गर्भपतन जस्ता कार्यमा सजक हुनुपर्ने बताए । उनले कार्यविधिलाई संशोधन गरी क्लिनिकलाई व्यवस्थित गर्ने समेत बताए ।

    Article inline ad #2

    पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मित्र सिंह लामाले नगरपालिकामा कानुनी सल्लाहकारको अभाव रहेकाले केही समस्या सिर्जना भएको उनको भनाई थियो । उनले राज्यको दायरामा काम गर्दै गर्दा पनि कुनै समस्या आए सङ्गठनले साथ दिनुपर्ने बताउँदै पालिका सङ्घको पक्षमा रहेको समेत बताए । कार्यक्रमका प्रमुख अतिथि सि.एम.ए सङ्घका केन्द्रीय कोषाध्यक्ष धोके रानाले स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका हुनुपर्ने भएता पनि देश नै स्वास्थ्य माफियाको हातमा गएको बताए । उनले पालिकामा स्वास्थ्य ऐन बन्नुपर्ने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button