Above Article Ad
  • कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

    Above Article Content Ad
  • Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक तथा वडा नम्बर ७ कालिका चोकबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ८१ हजार ९ सय ९० रुपैयाँ बराबरका चिनी, सिरप, सुटपिस, पानी तान्ने मोटर, फिल्टर लगायतका सामान बरामद गरिएको हो।

    Article inline ad #2

    मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकी तथा बेलौरी नगरपालिका–२ टेडुवा क्षेत्रबाट अन्दाजी ५ लाख ७७ हजार १ सय ५० रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा, बोइलर कुखुरा, किराना सामान तथा कुखुरा ढुवानीमा प्रयोग भएका ४ थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6