Above Article Ad
  • प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै नागरिक उन्मुक्तिले भन्यो- रेशमको रिहाइ नभएसम्म हामी प्रदेशमा समर्थन गर्दैनौं

    Above Article Content Ad
  • काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुलाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन्।

    सरकारलाई समर्थन गर्नुअघि गरेको वाचा पूरा गर्न भन्दै नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई धन्यानार्कष गराएको छ। आफ्ना मागहरू पूरा नभएसम्म प्रदेश सरकारमा निर्माणमा कसैलाई समर्थन नगर्ने ज्ञापनमा उल्लेख छ।

    Article inline ad #1
  • नागरिक उन्मुक्ति पार्टीले वर्तमान गठबन्धन सरकारलाई सहयोग र समर्थन गरेको विषय जगजाहेर छ। तर प्रदेशको सरकार गठनको सम्बन्धमा हाम्रो पार्टीको धारणा पृथक छ। हाम्रा माग पूरा नभएसम्म प्रदेश सरकारमा सहभागी पनि नहुने र कुनै गठबन्धनलाई सहयोग र मसर्थन पनि नगर्ने स्मरण गराउन चाहन्छौं, प्रवक्ता पण्डितद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ज्ञापनपत्रमा प्रचण्डले यसअघि गरेका वाचाहरू पनि स्मरण गराइएको छ। दोस्रोपटक प्रधानमन्त्री हुँदा दिल्लीमा रेशम चौधरीलाई गरेको वाचा र गत स्थानीय तह निर्वाचनमा कैलालीको मसुरियामा प्रचण्डले दिएको अभिव्यक्त स्मरण गराइएको छ। मसुरियामा आयोजित कार्यक्रममा प्रचण्डले रेशम चौधरी निर्दोष भएको बताएका थिए।

    Article inline ad #2

    नागरिक उन्मुक्तिले पाँच बुँदे माग अघि सारेको छ। जसमा रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीको रिहाइ, टीकापुर घटनामा ५८ जनाविरुद्ध लगाइएको मुद्दा खारेजी, लाल आयोग र देवी शर्मा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारू आरक्षणसम्बन्धी व्यवस्था र सरकारले हालै जारी गरेको फौजदारी कानुनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि प्रधानमन्त्रीसमक्ष स्मरण गराइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6