
वडा अध्यक्ष तुलसी अर्यालद्वारा महाशिवरात्रि पर्वको शुभकामना
Above Article Content Ad
पुनर्बास – महाशिवरात्रि पर्वको पावन अवसरमा पुनर्बास नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तुलसी अर्यालले सम्पूर्ण वडा बासिन्दा तथा शिवभक्तहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्। वडा अध्यक्ष अर्यालले यस धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वले आपसी सद्भाव, एकता, धार्मिक सहिष्णुता तथा समृद्धिको संदेश फैलाउने विश्वास व्यक्त गरे।
उनले भने, “महाशिवरात्रि पर्वले समाजमा शान्ति, प्रेम र भाइचाराको भावना अभिवृद्धि गर्दै सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु। यस पावन अवसरमा सम्पूर्ण वडा बासिन्दा तथा हिन्दू धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु।” उनले धार्मिक परम्परालाई जगेर्ना गर्दै यस पर्वलाई मर्यादित रूपमा मनाउन तथा शिवालय क्षेत्रको सरसफाइमा ध्यान दिनसमेत वडा बासिन्दाहरूलाई आग्रह गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad