Above Article Ad
  • राजस्व कार्यालय महेन्द्रनगरले दुई अर्ब ४१ करोड राजस्व सङ्कलन गर्यो

    Above Article Content Ad
  • कार्यालयका प्रमुख, कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कार्यालयले दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो। यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ|

    Article inline ad #1
  • प्रमुख कर अधिकृत पराजुलीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८५ करोड आठ लाख ६५ हजार आयकर सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षमा ७५ करोड एक लाख ७२ हजार आयकर सङ्कलन भएको थियो

    Article inline ad #2

    त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ। कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई करोड ८९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा दुई करोड ५२ लाख ५० हजार सङ्कलन गरेको थियो। घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक करोड ३७ लाख ८० हजार घरबहाल कर सङ्कलन गरेको छ।

    अघिल्लो आर्थिक वर्षमा एक करोड २२ लाख ७७ हजार घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा रु ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार राजस्व सङ्कलन गरेको छ। “यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ”, प्रमुख कर अधिकृत

    पराजुलीले भने, “अन्तशुल्क कर बराबरी छ समग्रमा गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ।”

    कार्यालयको १३ करोड राजस्व बक्यौता रहेको छ। “भ्याटमा रु नौ करोड र आयकरमा रु चार करोड बक्यौता बाँकी छ”, उनले भने, “बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ।”

    बक्यौता रकम नतिर्ने करदातालाई पटक-पटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए। “पटक-पटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैँक खाता रोक्कासमेत हुनसक्छ”, उनले भने।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6