Above Article Ad
  • शान्ति पुर्नस्थापना गृह बेलौरीबाट साँढे सात महिनामा १३ जनाको उद्धार 

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको बेलौरीमा रहेको शान्ति पुनर्स्थापना गृहले बेलौरीबाट एक किशोरीको उद्धार गरेको छ ।
    भारतको लखिमपुर खिरी चन्दन चौकी थाना पर्सिया गाउँ बस्ने १७ वर्षीया एक किशोरीको सशस्त्र प्रहरी बल समेतको सहयोगमा उद्धार गरी नेपाल प्रहरी मार्फत परिवारजनको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले बताउनु भयो ।
       उहाँका अनुसार, भारतको पिलिभित पुरनपुर थाना हजारा गाउँ बस्ने २७ वर्षीय युवकसँग सीमा क्षेत्रमा भेटेपछि शङ्का लागी सोधपुछ गरिएको थियो ।
    त्यस क्रममा किशोरीको परिवारसँग फोनमा कुराकानी हुँदा ती किशोरी चार दिनदेखि हराएर खोजतलासका लागि उनको परिवारले भारतीय सुरक्षा निकायमा निवेदन समेत दिएको जानकारी पाएपछि सशस्त्र प्रहरी बलको सहयोगमा युवक र किशोरीलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछपछि इलाका प्रहरी कार्यालय बेलौरी मार्फत किशोरीका परिवारजनको जिम्मा लगाइएको थियो  ।
    पुर्नस्थापना गृह बेलौरीले गत आर्थिक वर्षको फागुन २२ सम्म १३ जना महिला तथा बालबालिकाहरुलाई उद्धार गरी सम्बन्धित अभिभावकहरुको जिम्मा लगाईएको पुर्नस्थापनका गृह बेलौरीकी परामर्शदाता बिष्टले जानकारी दिनुभयो ।
    संस्थाले करिब दुई वर्षदेखि बेलौरीमा रहेर मानव बेचबिखनमा परेका व्यक्तिहरुको उद्धार र हिंसामा परेकाहरुलाई उचित परामर्शसँगै समस्या समाधान गर्दै आईरहेको छ ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6