
विपि स्मृति दिवस : बृक्षारोपण र जुस वितरण गरि मनाईयो
पुनर्वास – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४० औं स्मृति दिवस देशभर आज विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।
त्यस्तै कंचनपुरको पुनर्वास नगरपालिकामा पनि नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले पुनर्वास-३ स्थित बाल उधानमा बृक्षारोपण र पोलिक्लिकमा उपचारार्थ बिरामीहरुलाई जुस वितरण गर्दै विपि स्मृति दिवस मनाईएको हो ।
पुनर्वास नगर सभापति शुकबहादुर तामाङको सभाध्यक्षमा भएको बृक्षारोपण कार्यक्रममा संविधान सभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा र अतिथीहरुमा प्रदेश सदस्य दाउत तामाङ, महाधिवेशन प्रतिनिधि भरत बिष्ट, बिन्दु श्रेष्ठ, धर्मराज जोशी, शुकबहादुर तामाङ, क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय लगायतका नेताहरु उपस्थित थिए ।
नेपाली काङ्ग्रेस पुनर्वासले आजका दिन विपिको सम्झनामा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै मनाउदै आएको छ ।
संस्थापक नेता विपिको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । विपि साहित्यकारको रुपमा परिचितसंगै प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।