नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।
मन्त्रिपरिषद्को बैठकको आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने दिनमै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। आजै बिहान प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका थिए ।
अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएको थियो।
संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । फेरि संसदले कुनै पनि बुँदा संशोधन नगरी पास गर्न पठाए पछि यो विधेयक होल्डमा राखिएको थियो।