Above Article Ad
  • विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया र युके पठाउन धनगढीमा खुल्यो “भिजा नेसन”

    Above Article Content Ad
  • धनगढी । सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै  विदेश अध्ययनको सपना पूरा गर्न सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा भिजानेसन कन्सल्टेन्सी खुलेको छ ।

    काठमाडौंको नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेकाे कन्सल्टेन्सीले धनगढी उपमहानगरपालिका-४ काे टेम्पल रिसाेर्ट नजिकै रहेकाे गन्तव्यकाे तल्लाे तलामा सञ्चालनमा ल्याइएको हो ।

    Article inline ad #1
  • भिजा तथा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको भिजा नेसनकाे सोमबार विशेष पूजा-आजा गरी औपचारिक शुभारम्भ गरिएको हो। उद्घाटनसँगै शाखाले जापान, अस्ट्रेलिया, युकेलगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सेवा दिन थालेको छ ।

    Article inline ad #2

    शाखा प्रबन्धक अन्जली केसीले नयाँ शाखाको उद्देश्यबारे जानकारी दिँदै भनिन्,  “विद्यार्थीलाई विदेश अध्ययनको प्रक्रिया सहज बनाउन हामीले धनगढीमै सेवा सुरु गरेका हौं। अब काठमाडौं जानुपर्ने झन्झट हट्नेछ।”

    उनका अनुसार शाखाले शैक्षिक परामर्श, कलेज छनोट, आवेदन प्रक्रिया, भाषा तयारीदेखि अन्तर्वार्ता तालिमसम्मका सेवा उपलब्ध गराउनेछ।

    कन्सल्टेन्सीका सञ्चालक पंकज पन्थीले धनगढीमा शाखा विस्तार गरेसँगै विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए  ।

    उनले दक्ष प्रशिक्षकबाट भाषा अध्यापन गराउने व्यवस्था रहेको बताए । उनले सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै धनगढीमा शाखा विस्तार गरिएकाे बताउँदै यहाँका विद्यार्थीकाे विदेशमा अध्ययन गर्ने सपना पूरा गर्न साथ दिने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by