Above Article Ad
  • दुई दिने लागुपदार्थ दुव्र्यसन नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई दिने लागुपदार्थ दुव्र्यसन नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ६ को आयोजना र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरको सहकार्यमा सोमाबर दुई दिने लागुपदार्थ दुव्र्यसन नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    सो लागुपदार्थ दुव्र्यसन नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रममा वडा नम्बर ६ का चार वडा निजि विद्यालयका विद्यार्थी र शिक्षकहरुको सहभागीता रहेको थियो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख तथा प्रहरी निरीक्षक नरेह राज मल्लले लागुपदार्थ दुव्र्यसन नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएका थिए ।

    Article inline ad #1
  • सो प्रशिक्षण कार्यक्रमलाई सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । समापन कार्यक्रममा सहभागी भएका विद्यालयका शिक्षकहरुले सो कार्यक्रम विद्यार्थीका लागि उपलब्धिमुलक बनेको र विद्यार्थीको मनोबल बढेको बताउका छन् । यस्तै उनिहरुले अझै यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताएका हुन् ।

    Article inline ad #2

    सो कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष मित्र सिहँ लामाले सबै चेतनशील भए सभ्य समाज हुने भएकाले आफुबाटै यो कुरालाई मनन गर्नुपर्ने बताए । यस्तै उनले अहिले पुनर्वास नगरपालिका भित्र वडा नम्बर ६ ले मात्रै सो कार्यक्रमको आयोजना गरेको भएपनि अरु वडाले पनि यस्ता कार्यक्रम गर्न जरुरी रहेको बताए । उनले आर्थिक बर्ष ८०/८१ को बजेटमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै विद्यार्थीलाई समट्ने कुनै कार्यक्रम भए योजना बनाएर दिन पनि आग्रह गरे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button