Above Article Ad
  • महँगियो सुन, नेपालमा हालसम्मकै उच्च मूल्य

    Above Article Content Ad
  • काठमाडौँ  ।  बजेटले नेपालमा सुनको मूल्य उच्च दरले बढाएको छ । बजेट घोषणापछि सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँ बढेको छ ।

    बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले नेपालमा मूल्य उच्च दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

    Article inline ad #1
  • यस दिन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो । बजेट घोषणा हुने दिन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढे पनि नेपाली बजारमा दुई दिनमै ३ हजार ९ सय रुपैयाँ बढेको हो ।

    Article inline ad #2

    महासंघका अनुसार मंगलबार भन्सार महसुल बढेको अनुमानित आधारमा मूल्य निर्धारण गरिएको थियो । तर बुधबार भने भन्सार महसुल थप ५ प्रतिशत विन्दु बढेको आधारमा मूल्य निर्धारण गर्दा मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलरमा सुनको कारोबार हुँदा नेपालमा मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस घटेर १९६३ डलर पुग्दा नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुगेको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button