Above Article Ad
  • पुनर्वासका ५ हजार बढी बालबालीकालाई बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

    Above Article Content Ad
  • देशभरका पाँच वर्षसम्मका बालबालिकाहरुलाई बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । हरेक वर्ष सरकारले दुई चरणमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै आएको छ । सरकारको निर्देशन अनुसार नै कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनी बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागीएको स्वास्थ्य शाखा पुनर्वासका प्रमुख राम बहादुर धामीले जानकारी दिनुभयो ।
    आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य शाखा पुनर्वासले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको स्वास्थ्य शाखा पुनर्वासका प्रमुख धामीले जानकारी दिनुभयो । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । छ महिनादेखि ५९ महिना सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
    यस्तै १५ बहु सूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिना देखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको उहाँले बताउनुभयो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागी पुनर्वास नगरपालिकाले १ सय २ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ भने पुनर्वास भित्रका झण्डै ५ हजार बढी बालबालीकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने पालीकाले लक्ष्य लिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button