Above Article Ad
  • कोभिड–१९ डिजिटालाईजेशन अभियानमा पुनर्वास नगरपालिका

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकाले विश्व माहामारीका रुपमा विश्वलाई नै तरङ्गित बनाएको कोरोना भाईरस अर्थात कोभिड–१९ रोकथामका लागि लगाएको खोपको डिजिटालाईजेशन अभियान सुरु गरेको छ ।

    माहामारी नियन्त्रणका लागि सरकाले ल्याएका विभिन्न खोपको रेकर्ड कागजमै हुँदा असहज भएकाले यसको सहजताका लागि डिजिटालाईजेशन अभियान सुरु गरिएको हो ।No description available.

    Article inline ad #1
  • बिहिबार पुनर्वास नगरपालिका–६ वडा कार्यालयको सभाहलमा जनप्रतिनिधि, संस्थाका प्रतिनिधि र सामाजाजिक परिचालकहरु बीच भएको समिक्षा कार्यक्रममा अहिले सम्म गरिएको काम, देखिएका समस्या र गर्नुपर्ने समन्वयका विषयमा बृहत छलफल गरिएको थियो ।
    पुनर्वासमा जम्मा ६१ हजार ६ सय २८ जनसंख्यामा नोभेम्बर १५ देखि हालसम्म २४ हजार जनाको कोभिड–१९ डिजिटालाईजेशन भईसकेको र ५० हजार जनाको डिजिटालाईजेशन गर्ने लक्ष्य रहेको जनाईएको छ ।

    Article inline ad #2

    कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले देशभरमा ९ पालिका छनौट मध्ये सुदुरपश्चिममा पुनर्वास नगरपालिका कोभिड–१९ डिजिटालाईजेशनमा दोस्रो पालिका बनेको र यस अघि धनगढी उपमहानगरपालिकालाई छनौट गरिएको बताउनुभयो । उहाँले यस अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध भई लाग्ने समेत सुनाउनुभयो ।

    खटिएका कर्मचारीलाई सहज रुपमा माग गरिएका कागजात दिई कोभिड–१९ डिजिटालाईजेशनलाई सफल बनाउन अहम भुमिका निर्वाह गरिदिन सम्पूर्ण जनप्रतिनिधि र स्थनीयहरुमा युएनडिपि सुदुरपश्चिमकी प्रमुख बैजन्ती गिरीले अनुरोध गर्नुभएको थियो ।
    त्यस्तै निड्स नेपालका निर्देशक भवराज रेग्मीले जनप्रतिनिधि प्रति जनताका आशा थुप्रै रहेको कुरालाई जाड्दै कोभिड–१९ डिजिटालाईजेशन पुरा गर्न सके नगर विकासमा टेवा पुग्ने बताउनुभयो ।

    यस अभियानले नगरपालिका भित्र के कतिले खोपको मात्रा लगाएको भन्ने अपडेट अनलाईनमै दिने र आवश्यक परेको अवस्थामा सहज तरिकाले हेर्नसकिने कार्यक्रम निर्देशक बिनोद कडाराले बताउनुभयो ।
    युएनडिपिको आर्थिक सहयोग, नेपाल पर्यावरण तथा शिक्षा समाज कञ्चनपुरको आयोजना र पुनर्वास नगरपालिकाको साझेदारीमा पुनर्वास नगरपालिकाका ११ वटै वडाहरुमा सामाजिक परिचालका खटाई सो अभियान निरन्तर चलिरहेको कार्यक्रमका फोकल पर्शन रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

    यसैगरी सामाजिक परिचालकहरुलाई कोभिड क्यू आर सम्बन्धी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी बासु जोशीले प्रोजेक्टर मार्फत प्रशिक्षण दिनुभएको थियो ।Open photoNo description available.

    No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button