
जनता बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका साउँद निर्वाचित
पुनर्वास । आज सम्पन्न स्वतन्त्र विद्यार्थी संगठन (स्ववियु) निर्वाचनमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउँद सभापतिमा निर्वाचित भएका छन ।
अखिल क्रान्तिकारीका सभापति पदका उम्मेदवार साउँदले अनेरास्ववियु र नेवि संघका संयुक्त उम्मेदवार अनेरास्ववियु नेतृ सकुन्तला मल्ललाई २०मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका हुन ।
निवाचित साउँदले १ सय १५ मत प्राप्त गरेका थिए । भने संयुक्त संगठनकी साझा उम्मेदवार मल्लले ९५ मत मात्रै प्राप्त गरेकी थिईन ।
त्यस्तै सचिवमा नेवि संघका शुशिल कुँवर निर्वाचित भएका छन । अनेरास्ववियु नेवि संघका संयुक्त उम्मेदवार रहेका कुँवरले निकटतम प्रतिद्वन्दी क्रान्तिकारीका अस्मिता पौडेललाई २४ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन ।
त्यसैगरी कोषाध्यक्षमा पनि नेवि संघका नेता लक्ष्मण सिह ठकुर निर्वाचित भएका छन । नेवि संघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार ठकुरीले अखिल क्रान्तिकारीका गंगा थापालाई ६६मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन ।
सदस्यहरुमा नेवि संघका प्रदिप ठगुन्ना, विपना चन्द, अनेरास्ववियुका प्रवेस पौडेल र बिमला थापा निर्वाचित भएका छन ।
काँग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु एक आपसमा गठबन्धन हुँदा पनि माओवादी निकट अखिल (क्रान्तिकारी) एक्लैले सभापति पद कब्जामा लिन सफल भएको हो । सो क्याम्पसमा २सय ९१ मतदाता रहेकोमा साँझ ४ बजेसम्म २सय १०मत खसेको थियो ।