
पुनर्बासमा भाले चितलको सफल उद्धार: सामुदायिक बनको बनक्षेत्रमा छोडियो
Above Article Content Ad
पुनर्वास -कंचनपुर को दक्षिणी भेग पुनर्बास नगरपालिका वडा नं. १० स्थित भिम सामुदायिक वन नजिकै भाले चितललाई कुकुरहरूले लखेटिरहेको अवस्थामा देखेपछि स्थानीयवासी तथा सामुदायिक वन पदाधिकारीहरूको सक्रियतामा चितलको सफल उद्धार गरिएको छ।
उक्त उद्धार कार्य कुण्डा सब-डिभिजन बन कार्यालय, कञ्चनपुरको समन्वयमा सम्पन्न गरिएको हो। कार्यालयका अधिकृत श्री दिनेश कुमार यादवका अनुसार उद्धार गरिएको चितललाई भिम सामुदायिक वन उपभोक्ता समूहको बनक्षेत्रमा पुनः प्राकृतिक आवासमा छोडिएको हो।
Article inline ad #1
चितल उद्धारमा सहयोग गर्ने सम्पूर्ण स्थानीयबासी, सामुदायिक वन पदाधिकारी तथा सम्बन्धित निकायप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरिएको छ।
Article inline ad #2

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















