
पुनर्वासमा बैंकको चर्को ब्याजदरका विरुद्ध व्यवसायीको आन्दोलन यथावत
कञ्चनपुरको पुनर्वासमा बैक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदरका विरुद्ध आन्दोलन यथावत रहेको छ ।
बुधबार उद्योग वाणिज्य संघ पुनर्वासको नेतृत्वमा बजार बन्द गरी बैंक तथा वित्तिय संस्थाहरु प्रति चर्को नाराबाजी गर्दै पुनर्वास–३, आई.बी.आर.डी. बजारबाट नगरपालिका चोक, प्रतिभानगर बजार हुँदै ईलाका प्रशासनमा ज्ञापन पत्र बुझाएको हो ।
व्यवसायीहरुको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै पुनर्वास क्षेत्रका बैंकहरुका सटर डाउन देखिएको थियो । त्यस्तै बिहिबार पनि व्यवसायीहरुले बिहानै देखि आफ्ना व्यवसायहरु बन्द राखेका थिए ।
आफ्ना मागहरुलाई सम्बोधन गर्दै चर्को ब्याजदर परिमार्जित नभएसम्म आन्दोलनरत रहने उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले बताए । अध्यक्ष रायमाझीले केन्द्रिय वाणिज्य संघ र प्रदेशको आन्दोलको सेडुलमा आज “नो डिपोजिट” भनिएको कार्यक्रममा पुनर्वासले पनि एक्येवद्धता जनाउँदै नियमित संघर्षका कार्यक्रममा सक्रिय रहने जानकारी दिए ।
विरोध कार्यक्रममा पुनर्वास क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक साउँद लगायतको टिम सहभागी थियो ।
