
सुदुरकी गायिका हेमन्ता भट्टराईको आँटले सम्भव भयो टुँडिखेलको त्यो तीज
पुनर्वास-सुदूरपश्चिमबाट आफ्नो पहिचानलाई फैलाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल भएकी गायिका हेमन्ता भट्टराई कला र संस्कृतिको जगेर्ना गराउने अभियानमा छन् ।
धेरैजसो कलाकारहरू आफ्नो कलालाई मूल्यमा मात्रै प्रदर्शनी गर्ने गर्छन् । तर गायिका हेमन्त भट्टराई भने सामाजिक उत्तरदायित्व बोकेर कला र संस्कृतिको जगेर्ना गराउने हुटहुटीमा देखिन्छन् ।
सुदूरपश्चिमको धनगढी कैलालीकी स्थायी बासिन्दा रहेकी गायिका भट्टराई लामो समयदेखि आफ्नो कलाकारिता क्षेत्रलाई मजबुती बनाउन सङ्घीय राजधानी काठमाडौँमा छन् ।
“हेमन्ता भट्टराई” नाम सबै माझ लोकप्रिय नामका रूपमा परिचित छ । उनी गाउने गायिका मात्रै होइनन्, नेपालीका हरेक चाडपर्वहरूको संरक्षण गर्नका लागि कलाकारहरूलाई समेटेर विभिन्न सांस्कृतिक कार्यक्रम तथा विभिन्न माध्यमबाट कला र संस्कृतिको संरक्षण गर्ने एक अभियान्ताका रूपमा चिन्न सकिन्छ।

सुदूरपश्चिमै पनि देउसी भैलो, होली पर्व, विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा कतै आयोजक कतै कार्यक्रम प्रस्तोताको भूमिकामा रहेर आफ्नो पहिचान फैलाउँदै आइरहेकी एक नारी हुन् , गायिका हेमन्ता भट्टराई !
उनको यस वर्ष काठमाडौँको टुँडिखेलमा आयोजना गरिएको हरितालिका तीज कार्यक्रमले सबैलाई चकित पारेको छ। उनकै कारण सम्भव भयो काठमाडौँमा यस वर्षको संस्कृति जोगाउने नारीहरूको त्यो तीज,
देशभरमै आयोजना गर्ने थुप्रै कला संस्कृतिका संस्थाहरू छन् । यस्ता सांस्कृतिक कार्यक्रम बाफत धेरै ठाउँमा शुल्क लिने गर्छन् भने कसैले निशुल्क प्रवेश पनि राखेका हुन्छन् । तर गायिका हेमन्ता भट्टराईले आयोजना गरेका अहिलेसम्मका धेरै यस्ता कार्यक्रममा प्रवेश निशुल्क नै हुन्छ। उनको उद्देश्य आर्थिक कमाउने भन्दा पनि संस्कृतिलाई कसरी जगेर्ना गर्न सकिन्छ भन्नेमै हुन्छ ।
मङ्गलबार हरितालिका तीजको अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा थुप्रै विशिष्ट कलाकारहरूको सहभागिता थियो । कार्यक्रममा उपस्थित दर्शकहरू समक्ष सबै कलाकारहरूको एउटै भनाइ थियो । “एउटा नारीको प्रयासले आज टुँडिखेल तीजमय भएको छ।”
कार्यक्रम सुरुवात नहुन्जेलसम्म कार्यक्रम व्यवस्थापन कसरी गर्ने र मौसमको अनुकूलताको विषयले गायिका भट्टराईलाई निकै पिरोलिरहेको थियो ।
कार्यक्रम सुरुवात हुन थाल्यो । सोचेभन्दा बढी कलाकार र दर्शकहरूको सहभागिता हुन थाल्यो । त्यही सहभागिताले उनको पीडादायक त्यो मनमा खुसी भरिँदै मुहारमा चमक ल्याइरहेको थियो ।
गायिका भट्टराईले आयोजना गरेको त्यो कार्यक्रमले उनको चर्चा र टुँडिखेलको रौनक मात्रै थिएन । जसमा सुदूर देखि पूर्वसम्मका कलाकारहरूले आफ्नो प्रस्तुति समेत देखाउने अवसरका रूपमा थियो।
उनको नम्र बोली र जादुमय जस्तो स्वभावकै कारण पनि होला हरेक कार्यक्रमहरूमा कलाकारहरू र दर्शकहरूको सहभागिताको कुनै कल्पना नि गर्न सक्दैन ।
यसपालिको तीज कार्यक्रम टुँडिखेलमा चौतारी कला केन्द्रबाट आयोजना गरेपनि त्यसको आयोजक नै गायिका हेमन्ता भट्टराई हुन् भन्दा फरक पर्दैन।
किनकि हरेक समन्वय र व्यवस्थापन उनी एक्लैको प्रयास थियो ।
उनी भन्छन्, “कार्यक्रमको सोच बनाए, सबै कलाकारहरू तथा सहयोगी मनहरूमा सल्लाह र सहयोग लिँदै आए । आज कार्यक्रम सफल रूपमा सम्पन्न गर्न पाउँदा म आफै चकित छु। कार्यक्रमको मोडेल ठूलो थियो । तर पनि कार्यक्रम सरल रूपमा भव्य तरिकाले सम्पन्न गर्न सके ।”
आगामी दिनहरूमा पनि विभिन्न पर्वहरूको संरक्षणका लागि आफ्नो प्रयास निरन्तर रहने भन्दै कार्यक्रम भव्य रुपमा सम्पन्न बनाउने सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक आभार समेत प्रकट गरिन ।पर्वका नाममा समाजमा बढ्दो विकृतिलाई समेत रोक्न यस्ता कार्यक्रमहरूले ठुलो टेवा पुग्ने भन्दै गायिका भट्टराईको दर्शकहरूले समेत चर्चा परिचर्चा सुरु गर्दै थिए।
















