
अलंकार पब्लिकद्वारा आयोजित प्रथम एपिएस कपको उपाधी माधवीलाई
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित अलंकार पब्लिक स्कुलको आयोजनामा भएको प्रथम एपिएस कप सम्पन्न भएको छ
बिहिबार बागिश्वरी माध्यमिक बिधालयको खेलमैदानमा भएको फाइनल खेलमा प्रीति गार्डेन ईङ्लीश बोर्डिङ स्कुललाई पराजीत गर्दै पुनर्वास–९ स्थित माधवी बोर्डिङ स्कुल विजेता बनेको हो ।
माधवीले प्रीति गार्डेनलाई एक गोलका विरुद्ध दुई गोल प्रहार गर्दै विजेता बनेको हो । विजेता बनेको माधवीलाई आयोजकले शानदार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो भने द्वित्तिय हुने प्रिति गार्डेनलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल पुष्पराज ओेझाले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा बढी गोलकर्ता आयोजक बिधालयका बिद्यार्थी बिजय कठायतले ६ गोल प्रहार गरेको भन्दै मेडल र प्रमाणपत्रले सम्मान गरेको थियो ।यसैगरी उकृष्ट गोल रक्षकका रुपमा ब्राइट ईङ्लीश बोर्डिङ स्कुलका बिधार्थी मान बहादुर सुनार र म्यान अफ डि सिरिजमा प्रीति गार्डेन स्कुलका समिर बस्नेतलाई पनि मेडल र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
पmागुन ५ गतेबाट सञ्चालन भएको उक्त कपमा आयोजक सहित पुनर्वास–बेलौरीका प्राथमिक तहका १९ बिधालयको सहभागिता रहेको थियो । अर्को दोश्रो सस्करणको एपिएस कप २०८० को लागि प्रथम पुरुस्कार १० हजार ५ सय ५५ र दोश्रो पुरुस्कार ५ हजार ५ सय ५५ रुपैयाँ पुरुस्कार रहने बिधालयले जनाएको छ ।