रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडद्वारा तीज विशेष कार्यक्रम मनाईयो
पुनर्वास– कंचनपुरको पुनर्वास स्थित रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले एजेन्सी मेनेजरहरुलाई सम्मान तथा उत्प्रेरणा कार्यक्रमसँगै तीज विशेष कार्यक्रम मनाएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा रिलायबल ईन्स्योरेन्समा आबद्ध एजेन्सी म्यानेजर,बीमा अभिकर्ता लगायतको सहभागिता थियो ।
कार्यक्रममा रिलायबल ईन्स्योरेन्सका सुदुरपश्चिम प्रमुख चन्द्र बिष्टले कम्पनी, शाखा र बीमा क्षत्रको बर्तमान अवस्था र भाबी रणनीतिका बारेमा उपस्थित सबैलाई प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै कम्पनीका तालिम विभाग प्रमुख युवराज शर्माले कम्पनीको भाबी नीति, नियम, नयाँ प्रोजेक्ट र मार्केटिङ गर्ने क्रममा आफु कसरी सफल अभिकर्ता बन्ने आदि विषयमा उदाहरण सहित जानकारी गराउनुभएको थियो ।
आई.बि.आर.डि शाखाले गत आर्थिक बर्ष २०८०÷०८१ मा उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता र एजेन्सी म्यानेजरलाई सम्मान समेत गरेको थियो ।
सो कार्यक्रम वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा आयोजना गर्ने गरेको रिलायबल ईन्स्योरेन्स आई.बी.आर.डी. शाखाका प्रमुख शंकर जैसीले बताउनुभयो ।
छोटो समयमै राम्रो मुनाफा गर्न सफल यस कम्पनीमा बिमितहरुको आर्कषण बढ्दो अवस्थामा छ । कम्पनीले आफ्ना अभिकर्तालाई बीमा बचत मात्रै हैन, जिवनको सुरक्षा पनि हो । भन्ने नारा सहित जनजनमा पुग्ने गरेका छन् ।