Above Article Ad
  • कैलालीमा हतियार सहित दुई जना पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीमा हतियार सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका‑५ बड्कीपलिया सीमा ईलाकामा चेकजाँचको क्रममा दुई नाले एक थान बन्दुक तथा सोही बन्दुकमा प्रयोग हुने ४ राउण्ड गोलीसहित २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

    आज विहान सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. छोटीपलियाबाट खटिएको गस्ति टोलीले से.१ प. ९१८१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा कैलारी‑३ बड्कामुडा बस्ने ६८ वर्षीय राम भरोसे डगौंरा थारु र वडा नं. ५ गोबरैला गाउँ बस्ने ५७ वर्षीय जगदिश चौधरी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

    Article inline ad #1
  • उक्त बन्दुक तथा गोली, मोटरसाईकल र व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियालाई बुझाईएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by