डोकेबजारको बाटोमा पर्ने सुकेको रुख हटाउन प्रतिनिधि सभा सांसद लामाको निर्देशन
पुनर्बास कंचनपुरको पुनर्बास नगरपालिका -११ स्थित डोकेबजारमा क्षेत्रमा यतिबेला निर्माणाधिन हुलाकी सडकको काम चलिरहेको छ।
काम चलिरहदा सडकको बिचमा रहेको सुकेको रुखले दुर्घटनाको जोखिम बढाउनुका साथै त्यहाँ गिज्याईरहेको भान भएको स्थानीयले बताएका छन् ।
यस विषयमा कंचनपुर क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले हुलाकी सडक आयोजनाका प्रमुख र डिभिजन वन कार्यालय कंचनपुरको प्रमुखलाई फोन गरेर सो विषयमा ध्यानाकर्षण गर्नुका साथै सो समस्या छिटो भन्दा छिटो समाधान गर्न निर्देशन दिनुभएको छ।
सो बिषयमा हुलाकी सडक आयोजनाका प्रमुखले प्रक्रियागत रुपमा आफुले काम गर्ने जानकारी दिएको प्रतिनिधि सभा सदस्य लामाले जानकारी दिनुभयो । यस्तै डिभिजन वन कार्याल कंचनपुरका प्रमुख शम्भु प्रसाद तिवारीले सुकेको रुखका कारण कुनै समस्या परेको भन्ने खालको सुचना प्राप्त नगरेको र आयोजनाबाट सो रुख हटाउन कुनैपनि सुचना वा जानकारी प्राप्त नगरेको बताउनुभयो सो विषयमा प्रतिनिधि सभा सदस्य लामाले आफुले दैनिक रुपमा आउजाउ गर्ने सडक भएको र रुखका कारण भोलिको दिनमा दुर्घटनाको जोखिम नबढोस भन्ने आफ्नो मान्यता रहेको उहाले बताउनु भयो ।