Above Article Ad
  • लघुवित्त पिडित संघर्षमा : सुदुरपश्चिममा मात्रै ७८ जनाले देहत्याग

    Above Article Content Ad
  • धनगढीः लघु वित्त वित्तीय संस्थाबाट पीडित भएकै कारण दुई वर्षको अवधिमा कैलाली र कञ्चनपुरमा मात्र ४४ जनाले देहत्याग गरेको संघर्ष समितिले बताएको छ।

    प्रदेशका नौवटै जिल्लामा गरी यो संख्या ७८ छ। सयौँको संख्यामा बेपत्ता छन्। समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साावामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरुका कारण सुदूरपश्चिममा धेरैको उठिबास भइसकेको समितिको ठहर छ। डडेलधुरामा मात्रै ४० भन्दा बढी परिवार बेपत्ता छन्।

    Article inline ad #1
  • गाउँमा बसेकाहरु पनि लघुवित्तको ज्यादतीविरूद्ध समिति नै बनाएर संघर्ष गर्दै आएका हुन्। लघुवित्तका कर्मचारीले रातदिन खेद्न थालेपछि पीडितहरु सघर्षमा उत्रिएका छन्। समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साँवामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरूका कारण धेरै जनाको उठिबास लागेको छ।

    Article inline ad #2

    लघुवित्तले ज्यादती गरेको भन्दै संघर्ष गर्न समिति नै बनाएर ठाउँठाउँमा यसको विरोध भइरहेको छ। आज कैलालीको अत्तरियामा मैन बत्ती बालेर पीडितहरुले विरोध जनाएका छन्। कैलाली, कञ्चनपुर र पहाडी जिल्लामा गरी लघुवित्त संस्थाहरूसँग समूहमा जोडिएका महिला–पुरुषको संख्या ७ लाख बढी रहेको अनुमान छ।

    लघुवित्तबाट पीडितहरूले गठन गरेको संघर्ष समितिका अनुसार कैलाली र कञ्चनपुरमा मात्र दुई वर्षयता आत्महत्या गर्नेको संख्या ४४ पुगेको छ। जसमध्ये १२ पुरुष र अरू सबै महिला छन्। यो संख्या प्रदेशका पहाडी जिल्लामा लघुवित्तको ऋणका कारण घरबार गुमाएर आत्महत्या गर्नेको संख्या ३४ छ। डडेलधुरामा ३, बझाङमा ७, अछाममा ५, बाजुरामा ८ र दार्चुलामा ११ जनाले आत्महत्या गरेका छन्। आजबाट संघर्ष समितिले देशव्यापी आन्दोलन सुरु गरेको छ।

    ग्राहकले कुनै महिना किस्ता वा ब्याज बुझाउन नसके किस्ता र ब्याज रकम साँवामा जोडिन्छ। त्यतिमात्र होइन, जोडिएको साँवा र किस्ताको अलग्गै जरिवाना पनि तिर्नुपर्छ। ऋण र ब्याज असुल गर्न लघुवित्तले घरमा भएका बस्तुभाउदेखि जग्गासमेत आफैं बिक्री गराएर लैजाने गरेको पीडितहरूको गुनासो छ। लघुवित्तीय संस्थाको कार्यशैली र मिटरब्याजभन्दा पनि चर्को ब्याज असुलीका विषयमा राष्ट्र बैंक जानकार भए पनि नियमनमा चासो नराखेको पीडितको गुनासो छ।दिनेश खबर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by