Above Article Ad
  • युनएनडिपीको सहयोगले पुनर्वासमा काेभिड भ्याक्सिन लगाएकाहरुकाे तथ्याङ्क डिजिटलाईज गरिदै

    Above Article Content Ad
  • पुनर्वास, माघ २६ । निड्स कञ्चनपुरले काेभिड भ्याक्सिन लगाएकाहरुकाे तथ्याङ्क डिजिडटल अर्थात क्युअारमा सुरक्षित गर्ने भएकाे छ ।

    कञ्चनपुरकाे पुनर्वास नगरपालिकाबाट तथ्यांक डिजिटल प्रबिधिमा सुरक्षित राख्न शुरु गरेकाे हाे ।

    Article inline ad #1
  • युनएनडिपीकाे अार्थिक सहयाेगमा निड्स कञ्चनपुरले परियाेजना सञ्चालन गर्न लागेको हाे । बैदेशिक राेजगार तथा अध्ययनका लागि बिदेश जाने युवायुवतीलाई सहज हुने र तथ्याङ्क डिजिटल पद्धतिमा राख्दा सुरक्षित रहने भएकालेे याे कार्यक्रम गर्न लागिएको निड्स कञ्चनपुरका अध्यक्ष द्राेपती भट्टले बताउनु भयाे । भ्याक्सिनकाे डिजिटल क्युअारले काेभिड १९ काे भ्याक्सिन नलगाएका लाई समेत उत्प्रेरित गर्ने संस्थाले जनाएकाे छ ।

    Article inline ad #2

    सुदूरपश्चिम प्रदेशमा पहिलाे फेजमा धनगढी उपमहानगरपालिकामा कार्यक्रम गरिएको थियाे । दाेश्राे फेजमा कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा कार्यक्रम गर्न लागेकाे युएनडिपी संस्थाका सुदूरपश्चिम ईन्चार्ज बैजन्ती गिरी सिँहले जनाउनु भयाे । एक वडाबाट एक जना गरी ११ जना स्वयमसेवक खटाईएका छन । छ महिना अबधिमा ३० हजार जनालाई क्युअार काेड उपलब्ध गराईने संस्थाले जनाएको छ ।
    बिहिवार स्वयमसेवकहरुलाई प्रशिक्षण दिईएकाे छ । प्रशिक्षक प्रेम ढुङ्गानाले प्रशिक्षण दिनु भएकाे थियाे भने कार्यक्रमकाे संयाेजन निड्स कञ्चनपुरका फिल्ड निरिक्षक रामचन्द्र उपाध्यायले गर्नु भएकाे थियाे । पुनर्वासमा ३६ हजार ३ सय दश जनाले काेभिड भ्याक्सिन लगाएका छन । बुस्टर डाेज २२ हजार २ सय नाै जनाले मात्र लगाएका छन । पुनर्वासमा नगरपालिमा ६२ हजार सात सय ७८ जनसंख्या रहेकाे छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by