Above Article Ad
  • पुर्व खानेपानी मन्त्री मगरको पहलमा सिद्धार्थ युवा क्लबलाई आर्थिक सहयोग

    आगामी ५ बर्षमा सत्ता बाहिर बसेरै जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने प्रतिबद्धता

    Above Article Content Ad
  • पुनर्वास २५ माघ २०७९
    पुनर्वास नगरपालिका वडा नं ७ स्थित सिद्धार्थ युवा क्लबलाई चाँदी कप सञ्चालनका लागि आर्थिक सहयोग प्राप्त भएको छ।

    पुर्व खानेपानी मन्त्री तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य बीना मगरकाे पहलमा सिद्धार्थ युवा क्लबलाई तीन लाख बजेट बिनियोजन गरि पठाई दिएको क्लबका अध्यक्ष रिनभ तामाङले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • फुटबलको विकासका लागि स्थानीय स्तरबाट अग्रसता देखाउनु सकारात्मक भएको बताउँदै पुर्व खानेपानी मन्त्री मगर ले भन्नुभयो, “खेलकूदको विकासका लागि हरेक गाउँ ठाउँमा युवा जमात अग्रसरता हुनु सरहानीय रहेको छ। गत दिनमा आफुले प्रतिबद्धता गरे अनुसार क्लबलाई सहयाेग र आगामी दिनहरूमा खेलकुद सञ्चालनमा सहजता हाेस भनी परिषद बाट रकम छुट्याउन लगाईएकाे पुर्वमन्त्री मगरले बताउनु भयाे ।

    Article inline ad #2

    आगामी दिनहरुमा यसरीनै अन्य क्लवहरूलाई पनि सहायोग गर्ने र यस संगसगै निर्वाचन क्षेत्र नम्बर १ को समग्र बिकासका लागि केन्द्र स्तरका योजना हरूमा आफुले महत्वपुर्ण भुमिका खेलने बताएका छन्।

    मन्त्री मगरले भने आगामी ५ बर्षमा सत्ता बाहिर बसेरै कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का जनताले देख्ने, बुझ्ने महशुस गर्ने गरी विकासलाई गति दिन अफू लागि रहने र ‘पुनर्वास, बेलौरी ,बेलाडाडी र लाल झाडीको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ । ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्न आफू अहोरात्र खटिने बताउनुभयो।

    भावना र बोलीले फुटबल चल्दैन । अहिले अधिकांश स्थानिय क्लबहरू आर्थिक समस्यामा भएकाले खेलाडीहरू खेल खेल्न नपाउदा खेलाडी बने आफ्नो करिअर के हुने भन्दै निक्कै निराश छन् । शारीरिक मात्र होइन, मानसिक रूपमै स्वस्थ भएमात्र खेलाडीले राम्रो नतिजा दिनसक्छन् । भोको पेटमा कसरी फुटबल खेल्न सक्छ ? त्यसैले पुर्व खानेपानी मन्त्री मगरले थालानी गरेको यो कार्य एकदमै सर्हनिय रहेको पुर्व खेलाडी धिरज तामाङले बताउनुभयो।

    सिद्धार्थ क्लबले हरेक बर्ष दशैं को शुभ अवसरमा चाँदी कप फुटबल खेलकाे आयाेजना गर्दै आईरहेकाे छ । खेल प्रतियाेगिता ब्यवस्थित बनाउन बजेट अभाव हुने गरेकोमा यस वर्ष भने आयाेजकलाई केही सहज हुने क्लबका अध्यक्ष तामाङले जिकिर गर्नुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button