Above Article Ad
  • युवा स्टार विपिन शर्माको कप्तानीमा कर्णाली प्रदेश यु-१६ क्रिकेट टोली घोषणा

    Above Article Content Ad
  • काठमाडौं-कर्णाली प्रदेश क्रिकेट संघले युवा स्टार विपिनप्रसाद शर्माको कप्तानीमा कर्णाली प्रदेश यु-१६ क्रिकेट टोली घोषणा गरेको छ । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि शर्माको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिएको हो ।

    १६ सदस्य टोलीमा कप्तान शर्मा, नवीन न्यौपाने, भुपेन्द्रजङ्ग शाही, कस्तुप खड्का, अफराज आलम, कुन्जन आचार्य, रोशन शाही, कैलाश खड्का, विजय बोहरा, नेत्रविक्रम खत्री, विजय शाही, यकेन्द्र बुढा, निश्चल हमाल, युवराज थापा, नमनसिंह थापा र कुशल डाँगी रहेका छन् कप्तान शर्मा नेपाल प्रिमियर लिग (एनपीएल)बाट उदायका युवा हुन् । एनी एनपीएलमा ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए ।

    Article inline ad #1
  • नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा वीरेन्द्रनगरमा यही जेठ १९ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी हुनेछन् ।कालुङचोक र वीरेन्द्रनगर मैदानमा खेलहरु हुनेछन् ।सन् २०२५ मा हुने एसीसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै नेपालको राष्ट्रिय टिम निर्माणका लागि यो प्रतियोगिताका आयोजना गरिएको हो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6