
जनजागरण सामुदायिक बनको अध्यक्षमा कार्की चयन , नयाँ समितिद्वारा पदभार ग्रहण
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित जनजागरण सामुदायिक वन उपभोक्ता समुहको नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच नँया समितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत कृष्णबहादुर खत्रीले शपथ ग्रहण गराएपछि समितिले पूर्णता पाएको हो ।
नव गठित समितिको उपाध्यक्षमा शान्ति कुमारी तामाङ, सचिवमा लाल प्रसाद घिमिरे, सह–सचिवमा हरिबहादुर वि.क, कोषाध्यक्षमा मणिनाथ बोगटी त्यस्तै सदस्यहरूमा शेर बहादुर तामाङ , राम बहादुर राना सुरेश सिंह ठकुरी , नर सिंह ओली , मनिराज खाती , भीम बहादुर सुनार, चन्द्र बहादुर बुढा , प्रेम प्रसाद जैसी, पार्वती बुढा, जय बहादुर कटुवाल, श्याम परियार, दयाराम राना, गिता शर्मा जैसी, स्मृति तिमिल्सेना,कृष्ण थापा र कृष्णमाया बिस्वकर्मा रहेका छन ।
पुनर्वास नगरपालिका वडा नम्बर ७, ८, र ९ मा सो बन क्षेत्र फैलिएको सो समितिको गत असोज ३ गते सम्पन्न २३ औ बार्षिक साधारणसभा पश्चात अवधि समाप्त भएको र ०७९ माघ १ गते बन समितिका पुर्व सदस्य लोकबहादुर कार्किको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरिएको थियो ।
केहिदिनयता जनजागरण बन संरक्षणमा ढिलासुस्ती र आर्थिक अनियमितताको विषयले निकै चर्चामा आएको र कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले वन संरक्षणका सवालमा नयाँ समितिको कांधमा थप जिम्मेवारी थपिएको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माले बन संरक्षणमा समिति मात्रै जिम्मेवार नभई हामी सबैको भुमिका र दायित्व भएको बताए ।
“वन हामी सबैको हो वनलाई जोगाउने जिम्मेवारी पनि हामी सबैको हुनुपर्छ ।” नगर प्रमुख शर्माले भन,े“ उपभोक्तालाई थप सेवा दिन र वन संरक्षणका लागि नगरपालिकाले जनजागरण सामुदायिक वनसंग समन्वय गरि कार्ययोजना बनाउन पहल गर्छौ ।”
कार्यक्रममा पुनर्वास नगर उप प्रमुख भुलीया कुमारी रानाले वन जोगाउन सबैभन्दा पहिलो बाटो वनको बिधानमा भर पर्ने बताईन । वनको बिधान र कार्ययोजनामा टेकेर अघि बढ्न सकेमा वन संरक्षणमा सहज हुन सक्ने उप प्रमुख रानाले सुझाव दिईन ।
नयाँ कार्य समितिलाई बधाई दिंदै डिभिजन वन कार्यालय कुण्डाका सहायक बन अधिकृत दिनेश कुमार यादवले वन जस्तो संस्था सञ्चालन गर्न र वन जोगाउने बिषय त्यति सजिलो बिषय होइन, काम गर्ने क्रममा सानोतिनो कमिकमजोरी अवश्य हुनेगर्छन तर गलत भयो भने सुझाव दिनुपर्ने र राम्रो कामको मुल्यांकन गरिनुपर्ने बताए
। सपथ ग्रहण गर्दै नयाँ कार्यसमितिका तर्फबाट अध्यक्ष लोकबहादुर कार्कीले १० बुंदे प्रतिबद्धता पत्र प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन निवर्तमान वन सचिव अमरजन साउँदले गरेका थिए ।