Above Article Ad
  • सिमरी खोला दुर्गन्धको गुनासो पछि उपप्रमुख राना भागेश्वर चिनि मिलको अनुगमनमा

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा अवस्थित भागेश्वर सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लि.मा अनुगमन गरिएको छ ।

    मंगलबार पुनर्वास नगरपालिका २,५,७ र ९ नम्बर वडालाई छोएर बग्ने सिमरी खोला दुर्गन्धित बारे नगर उपप्रमुख भुलिया कुमारी रानाको नेतृत्वमा गएको टोलीद्वारा अनुगमन गरिएको हो ।

    Article inline ad #1
  • अनुगमनका क्रममा उपप्रमुख रानाले सुगर मिललाई सिमरी नदिमा देखिएको दुर्गन्ध हटाउने उपाय ल्याई नगरपालिकालाई आई.ई.ई. र ई.आई.ए. को प्रतिवेदन १० दिनभित्र उपलब्ध गराउन निर्णय गरेको छ । उपप्रमुख रानाले मिलका प्रबन्धक डम्मरबहादुर खड्कासँग कुरा गर्दै मिलले स्थानिय विकासका कार्यक्रमलाई समेत अगाडी बढाएर लैजानुपर्ने अनुरोध गरेकी थिईन ।

    Article inline ad #2

    स्थानीयले सहनुपरेको सास्तीको प्रतिफल स्वरुप सोहि क्षेत्रका बासिन्दाहरुमा केहि सहज हुने किसिमका कार्यक्रम दिन सके मिल प्रतिको दृष्टिकोण सकारात्मक हुने र सामाजिक उत्तरदायित्व समेत रहेको उपप्रमुख रानाले बताईन । मिलबाट निस्कने फोहोर र खोलामा मिलले गरेको फोहोर प्रशोधन बिधिको अनुगमनसँगै आगाम्री दिनमा दुर्गन्ध कम गराउन मिललाई नयाँ तरिकाबाट जान उनले सुझाव दिएकी थिईन ।

    अनुगमनमा पुनर्वास नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शिवराज भट्ट,योजना अधिकृत शंकर बोगटी र पत्रकारहरु सहभागी थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button