
पुनर्वास नगरपालिका ६ वडा कार्यालयद्वारा ४० जना जेष्ठ नागरिकलाई न्यानाे लुगा
पुनर्वास ।
अत्यधिक चिसाे र शितलहरका कारण जाडाेबाट बच्न कञ्चनपुरकाे पुनर्वास नगरपालिका ६ नम्बर वडा कार्यालयले ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई न्यानाे लुगा वितरण गरेकाे छ ।
मँगलवार एक कार्यक्रमकाे आयाेजना गर्दै वडाको बजेटबाट ४० जना जेष्ठ नागरिक लाई न्यानाे लुगा वितरण गरेको हाे ।
कार्यक्रममा बाेल्दै वडाध्यक्ष मित्र सिँह लामाले बृद्धाअवस्थामा जीवनयापन गर्न निकै समस्या हुने भएकोले याे अवस्थामा याे उमेर समुहका लाई स्याहारसुसार गर्न आवश्यक हुने बताउनु भयाे । जेष्ठ नागरिक समाजका गहना भएकाले यिनिहरुकाे मनाेबल बढ्ने किसिमका कार्यक्रम हुनु पर्ने वडाध्यक्ष मित्र सिँह लामाले बताउनु भयाे ।
त्यस्तै मन्तव्यका क्रममा सञ्चारकर्मी धनबहादुर बिश्वकर्माले जेष्ठ नागरिकहरुलाई वडाले गरेको सम्मान निकै प्रशंसा योग्य भएको बताए ।
वडाध्यक्ष मित्र सिंह लामाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा वडाका सदस्यहरु,समाजसेवी सोमराज बराल, समाजसेवी देवि भट्ट र पत्रकारहरुको आतिथ्य रहेको कार्यक्रमलाई सञ्चालन वडा सचीव देवराज रानाले गर्नुभएको थियो ।