Above Article Ad
  • पुनर्वासको पर्यावरण जोगाउने देखि असहायको साहारा सम्म पुनर्वासका शिव

    Above Article Content Ad
  • पुनर्वास– मिठो मसिनो खाने र राम्रो लगाउने जो कोहि व्यक्तिको पनि चाहना हुन्छ । तर समय परिस्थिती र पारिवारिक अवस्थाका कारण धेरैका सपना तुहिन्छन् । त्यसको विकल्पमा न आफन्त हुन्छन्, न त सरकार । यस्ता समस्यामा अल्झिएका व्यक्तिहरुका लागि भगवानकै स्वरुप देखिन्छन् कञ्चनपुरको पुनर्वासका शिव बिष्ट ।

    वि.सं. २०३३ साल फागुन ७ गते पिता विश्वनाथ बिष्ट र माता विष्णु कुमारी बिष्टको कोखबाट ज्येष्ठ सुपुत्रका रुपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा जन्मिएका थिए शिव ।
    सानै देखि दयालु स्वभाव, मिठो बोली र अनुहारमा मन्द मुस्कान देखाईरहने बिष्ट भाग्यमा भन्दा आफ्नो कर्ममा विश्वास गर्ने पुनर्वासकै एक सुविचार र असल संस्कारको परिवारका सदस्य हुन् ।

    Article inline ad #1
  • उनी मध्यम बर्गीय परिवारका सदस्य भएपनि उनको सोच सानै देखि उच्च किसिमको थियो । पुनर्वासमा उनको परिवारलाई नचिन्ने पनि सायद बिरलै होलान ।
    समयले शिवलाई पन्छाउँदै गयो । तर उनले पाएको पारिवारिक सुविचार र असल संस्कारलाई कहिल्यै पन्छाउन सकेन् । उनीमा झन केहि गर्नुपर्छ आफ्नो क्षेत्र र समुदायका लागि भन्ने उत्साह थपिँदै गयो । कुरा दुई दशक यतैको हो । उनले पुनर्वासकै एक मात्र बहुमुखी क्याम्पसमा अध्यापन गराउने अवसर पाए । त्यतिबेला समाज रुपान्तरणका लागि शिक्षा अनिवार्य हुनुपर्दछ भन्ने विश्लेषण गर्ने शिवका बुवाले पुनर्वासमा अङ्ग्रेजी बिद्याको बिधालय सञ्चालनमा ल्याई शैक्षिक सुधारमा थिए ।

    Article inline ad #2

    सन्तान भएपछि आफ्नो अनि परिवारकै शिर उच्च राख्न सक्नुपर्छ भन्ने ध्येयलाई अनुसरण गर्दै अगाडी बढेका शिव केहि नौलौ अभ्यासले समाजमा देखिनुपर्छ भन्ने सोचमा पुगे । उनले ग्रामिण जागरण विकास संघ नेपाल (राडा नेपाल) नामक संस्था स्थापना गरे ।

    पुनर्वासका जनताको हित र यस क्षेत्रका थुप्रै समस्याको हल गर्ने उद्धेश्यले स्थापना गरिएको राडा नेपाल संस्था मार्फत उनले पुनर्वासको पर्यावरणलाई जोगाउन ठुलो महत्वपूर्ण भुमिका खेलेका थिए । उनले कालिका बजार, प्रतिभानगर बजार,खेलकुद क्लब लगायत नगरपालिका कार्यालयमा समेत विभिन्न प्रजातीका बिरुवा रोपेर पर्यावरण जोगाउन र प्रतिभानगर बजारमा फोहोर व्यवस्थापनको सुरुवातसँगै कार्यमा उल्लेख्य भुमिका देखाएका थिए ।
    यस्तै सामाजिक गतिविधिको निरन्तरतासँगै बिधालयमा भएका अनाथ,असहाय बिधार्थीहरुका लागि शैक्षिक सामाग्री,विपद, चिसोमा न्यानो लुगा वितरण र विभिन्न प्राण घातक रोगबाट ग्रसित बिरामीलाई आर्थिक सहयोगमा पनि उनको सहकार्य रहदै आएको छ । उनको कर्म र सोचको यतिबेला हरेकको प्रशंसाको विषय बन्दै आएको छ ।

    यस्ता सहयोग गरिरहँदा शिव अझै फरक र पृथक तरिकाले सामाजिक कार्यमा अगाडी बढिरहेका छन् । उनले आफ्नो प्राथमिक तह अध्ययन गरेको बिधालय गौरी शंकर माध्यमिक बिधालयका जेहन्दार र विपन्न अवस्थाका बिधार्थीहरुको शैक्षिक सामाग्रीमा सहजताका लागि ५० औं वार्षिक उत्सव समारोहमा बुवाआमाको सम्मानार्थ समाजसेवी बिष्ट र उँहाकै दिदि निर्वतमान उपप्रमुख शारदा बिष्टले संयुक्त रुपमा एक लाख २५ हजार ५ सय २५ रुपैँयाको अक्षयकोष स्थापना गर्दै सुरुवात गरे ।
    त्यसैगरी, पुनर्वास–६ स्थित जनता माध्यमिक बिद्यालयको ४६ औं वार्षिकोत्सब तथा अभिभावक भेलामा समाजसेवी बिष्टले आमाबुवाको सम्मानार्थ एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।
    पुनर्वास–६ कै जिवन ज्योति माध्यमिक विधालयमा पनि आमा बुवाकै सम्मानार्थ ५१ हजार एक सय एकाउन्न रुपैँयाको अक्षयकोष, पुनर्वास–१ स्थित जनशक्ति आधारभुत बिधालयमा ५१ हजार एक सय एकाउन्न रुपैँयाको अक्षयकोष र पुनर्वास–२ मा अवस्थित सरस्वती माध्यमिक बिधालयको शनिबार सम्पन्न वार्षिकोत्सवमा ५१ हजार एक सय एकाउन्न रुपैँयाको अक्षयकोष स्थापना गर्दै आएका छन् ।

    समाजसेवी बिष्टले अक्षयकोषले गरिब तथा जेहन्दार बिद्यार्थीहरुका लागि अध्ययनमा केहि राहत र हौसला बढोस भन्ने हेतुले आमाबुवाको सम्मानार्थ विभिन्न विधालयमा कोष स्थापना गरिरहेकोे जानकारी दिए ।

    नेपालमा हुँदा विभिन्न माध्यमबाट समाज परिवर्तन गर्न खोज्ने समाजसेवी बिष्टले हाल अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिसको शहरलाई कर्मथलो बनाई सामाजिक कार्यमा सशक्त रुपमा अग्रसर छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button