
पर्यटकको रोजाई बन्दै पुनर्वासको “रानीबन”
पुनर्वास– मान्छेहरु दैनिकै गरिने कामको बोझलाई हलुका र मनलाई शान्त बनाउन प्राय: जसो रमाईलो गर्न कुनै नौलो ठाँउको यात्रा तय गर्ने गर्छन । किनकी त्यस्ता यात्राले मनभरीको पीडालाई एकछिन् भएपनि भुलाउँदै केहि समय मनमा शान्त र खुशीको महशुस गराउँछ।
यस्तै मनलाई शितलता दिन कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा अवस्थित “रानीबन” अचेल आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ । जनजागरण सामुदायिक बनको उत्तरीपुर्वी भागमा रहेको उक्त बन क्षेत्रमा बनाईएको पिकनिक स्पोर्ट “रानीबन” नामले परिचत छ । जंगलको बिच भागमा उचाईमा रहेको पिकनिक स्पोर्ट “रानीबन” मा वर्षभरी साथीहरुसँग आउने र रमाईलो गर्दै खानपिन गर्नेहरुको प्रत्येक दिन भिडभाड देखिन्छ ।
पिकनिक स्पोर्टका रुपमा रहेको “रानीबन” मा जनजागरण बन समितिले दुईओटा बस्ने छाना, शौचालय र खानेपानीका लागि नल्काको व्यवस्था गरेको छ । तर असुरक्षाका कारण सो क्षेत्रमा भएको खानेपानीको नल्का भने यतिबेला सञ्चालनमा देखिएन ।
यस्तै शनिबार रमाईलोका लागि पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी.का केहि ब्यापारीहरुको टिम पिकनिक स्र्पोट “रानीबन” पुगेका थिए । उनीहरुको करिब १६ जनाको समूहले नाचगान सहित गरिरहेको रमाईलोले वरपर रहेका गोठालाहरु पनि रमाईलो मानिरहेका थिए ।
पिकनिक खान “रानीबन” पुगेका ब्यापारी रामनाथ लामिछानेले नाम धेरैपटक अरुबाट सुनेको थिए । कस्तो होला भन्ने उत्सुकता मनमा छाएको थियो । तर ठाँउ एकदमै राम्रो छ, यसलाई थप सुविधा सहित व्यवस्थापन गर्न सके आन्तिरिक मात्रै हैन बाह्य पर्यटकका लागि पनि प्रचुर सम्भावना देखिने बताए ।
उक्त पिकनिक स्पोर्टस “रानीबन” पुनर्वासको पुरानो बजार टाउनबाट जम्मा ४ किलोमिटरको दुरीमा छ ।