Above Article Ad
  • बेलौरीको बैजुडाँडाका दुई घरमा अज्ञात समुहद्वारा लुटपाट

    Above Article Content Ad
  • बेलौरी – कञ्चनपुरको बेलौरीमा चोरी डकैती तथा लुटपाटका घटना बढ्दै गएका छन् । गए राति मात्रै पनि बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाँडाका दुइटा घरमा अज्ञात समूहले लुटपाट गरेको छ । मध्यरातमा हतियार सहित गाउँ पसेको लुटेराहरूको समूहले बैजुडाँडाका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरबाट डेढ लाख नगद रुपैयाँ, सुनका गरगहना, मोबाइल सहितका सामग्री लुटपाट गरेको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । लुटेराहरूले लगेको मोबाइल सेट भने नजिकैको उखुबारीमा फेला परेको बताइएको छ । उनीहरूको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।  लुटेराहरूको समूह भारतीय रहेको हुनसक्ने स्थानीयको आशंका छ ।

    यस अघि यही पुस ६ गतेको मध्यरातमा बेलौरी नगरपालिका वडा नम्बर १ फटिया स्थित राजेन्द्र भट्टको घरमा पनि लुटपाट भएको थियो । भट्टको घरबाट तीन लाख बिस हजार नगद सहित सुनको औँठी, कानको बाली, नाकको नथिया गरी करिब दुई तोला बराबर सुनका गरगहना लगायत दुई किलोग्राम घ्यू समेत चोरी भएको थियो । लुटपाटमा संलग्न रहेको आशङ्कामा दुई जना शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनु भयो । सोही समयमा बेलौरी नगरपालिका वडा नम्बर ४ बुटावारी बस्ने ६५ वर्षीय दयाराम सुनारको घरबाट अज्ञात व्यक्तिले  २२ हजार मूल्य पर्ने सिँचाइ मोटर र फलामको पाइप चोरी गरी लगेको थियो । माटोले चिनाई गरेको घरको भित्ता फोडेर चोरी गरी उक्त सामान लगेको पीडित सुनारको भनाइ छ ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • विगत १५/२० वर्ष अघि खुबै चोरी तथा लुटपाटका घटना हुने बेलौरी क्षेत्रमा पुनः सोही किसिमका घटना वृद्धि हुँदै गएको प्रति सचेत नागरिकहरूले चिन्ता व्यक्त गर्नु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने मेवाराम चौधरीले करिब २० वर्षपछि बेलौरीको सीमा क्षेत्र गाउँ बस्तीतिर पुनः डकैती हुनुको कारणबारे चिन्ता व्यक्त गर्दै सम्बन्धित निकाय गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ । बेलौरी बजार निवासी राम खरेलले सुरक्षा निकायको लापरबाहीका साथै आर्थिक मन्दीको कारण यस्ता घटनामा वृद्धि भएको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने हरिश पन्तले रातीको समयमा भारतीयहरू उखु भित्र्याउन निर्बाध रूपमा नेपाल पस्नु र नेपालबाट बाहिरिने बेला यता रक्सी खाएर फर्किँदाको परिणाम भएको प्रतिक्रिया दिनुभयो । बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहा बस्ने शिक्षक मान बहादुर चौधरीले कमजोर प्रशासन, विभाजित समाज र भारतको सीमा क्षेत्र नजिक भएका कारण चोरी तथा डकैतीका घटनामा बढ्दै गएको बताउनु भएको छ । यहाँका सचेत नागरिकहरूले सुरक्षा निकायले यस्ता घटना रोकथाममा सक्रियता बढाउनु पर्ने र आम नागरिकहरू समेत सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button