
बेलडाँडी गाउँपालिकाले जेसीबी माथी ढुङ्गा प्रहार गर्नेलाई कार्वाही गर्ने
बेलडाँडी – बेलडाँडी गाउँपालिकाले १५ शैया अस्पताल निर्माणका क्रममा चलेको जेसीबी माथी ढुङ्गा प्रहार गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने निर्णय गरेको छ ।
बेलडाँडी गाउँपालिकाले १५ शैया अस्पताल निर्माणका लागि ग्रिन बेल्ट भित्र रहेको १ बिघा १७ कट्टा अतिक्रमित सरकारी जमिन खालि गाराउन साउन देखि ठाउँ खालि गर्न पटक पटक सूचना गर्दा अटेरी गरेपछि पालिका पौष २ गते भेसीबी चलाउन बाध्य भएको थियो ।
घरटहरा हटाउने क्रममा जेसीबी माथी ढुङ्गा प्रहार हुदा जेसीबीको सीसा फुटेको थियो । यसरी जनताको सरकारी श्रोत साधन माथी ढुङ्गा प्रहार गर्नेलाई कडा कार्वाहीको माग स्थानीयले गर्दै आएका थिए ।
सरकारी अतिक्रमित जमिन खालि गराउने क्रममा जेसीबी माथी ढुङ्गा प्रहार गर्न उस्काउनेलाई कानुन बमोजिम कार्वाही गरिने पालिकाले जनाएको छ । आज बसेको कार्यपालिकाको बैठकले क्षतिपूर्ति सहित कानुन बमोजिम कार्वाही गरिने निर्णय भएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराउनु भयो ।
उहाँ अनुसार बैठकले खाली गरिएको ठाउँमा बस्दै आएका दुई सुकुम्वासी परिवालाई बस्नका लागि घरको व्यवस्था गरिदिने र घर समेत बनाइदिने निर्णय गरेको जनाए । उनीहरुको वस्ने व्यवस्थाका लागि घर बनाउने कार्य चलिरहेको समेत बताए ।