
अरनिको आधारभुत विद्यालयको ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाईयो
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-२ स्थित अरनिको आधारभुत विद्यालयको ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाईएको छ ।
बुधबार एक औंपचारिक कार्यक्रमका बीच पुनर्वास नगरपालिका-२ का वडाध्यक्ष डम्बर थापाले पानसमा बत्ती र ब्यानर बाचन गर्दै उद्घाटन गरेको कार्यक्रम भव्य रुपमा मनाईएको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाउत तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा उद्योगपति रमेश बिष्टको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै अतिथीहरुमा विभिन्न व्यक्तित्वहरु आसिन रहनु भएको थियो ।
प्रमुख अतिथीको तर्फबाट कार्यक्रममा बोल्नुहुदै वडाध्यक्ष थापाले शिक्षाका क्षेत्रमा आफुले गर्नुपर्ने कामका लागि सदैब अग्रसर रहने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुदै उपस्थित अतिथीहरुले पहिला भन्दा बिद्यालयमा निकै सुधार भएको र आगामी दिनमा पनि थप सुधार हुने कुरामा विश्वस्त रहेको बताउनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तामाङले गरेका कार्यको मुल्यांकन गर्न नसके चोक चोकमा गएर अनावश्यक चर्चा नगर्न अनुरोध गर्नुभएको थियो ।
उहाँले बिधालयको शैक्षिक स्तर र भौतिक स्तर वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा आफु केन्द्रित रहेको जानकारी दिनुभयो ।
प्रौढ शिक्षा, बाल शिक्षा हुँदै अरनिको प्राथमिक विद्यालयको वि.स. २०३५ सालमा स्थापना भएको थियो ।
शिक्षक शिक्षिकाहरुको स्वागत गित संगै सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुति देखाएको थियो । भने बिद्यालयलाई योगदान पुर्याउने व्यक्तिहरुलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
विद्यालयकी प्रधानाध्यापक बासुमाया तामाङले बिद्यालयको वार्षिक प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमलाई सञ्चालन शिक्षक भानुभक्त जोशीले गर्नुभएको थियो ।