Above Article Ad
  • पुनर्वासमा सशस्त्र प्रहरीद्वारा मोटरसाइकल सहित भारतीय ब्रोइलर कुखुरा नियन्त्रण

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका- ४ आपताल बिओपीले  सीमा क्षेत्रबाट बेवारिसे अवस्थामा मोटरसाइकल सहित भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको छ।

    सोमबार बिहान साढे आठ बजेको समयमा तिमिल्सेना चोकबाट सशस्त्र प्रहरी बल  गुल्म बेलौरी र आपतालबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सु.प.प्र ०१ -०१३ प १२९६ नम्बरको  मोटरसाइकलमा लोड गरिएको १ क्विन्टल ५ किलो बोईलर कुखुरा र ८ कार्टुन अण्डा नियन्त्रणमा लिएको हो।

    Article inline ad #1
  • नियन्त्रणमा लिएको  १ लाख ७४ हजार बराबरको भारतीय ब्रोइलर कुखुरा र ८ कार्टुन अण्डा बरामद गरेर नष्ट गरेको र मोटरसाइकल त्रिनगर भन्सार कार्यालय कैलाली पठाइने सशस्त्र प्रहरी आपतालका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक टिका रावलले जानकारी दिए ।

    Article inline ad #2

    सशस्त्र प्रहरी निरीक्षक रावलले तस्कर हाम्रो टोलीलाई देखेपछि मोटरसाइकल सहित छोडेर भागेको हुनुपर्ने बताए ।

    “बर्सातको समयमा पनि हामीले ड्युटी गरिरहेका हुन्छौँ। घरायसी सामान बाहेक अरुलाई रोकेका छौँ। तैपनि यसरी सामान फेला पर्दा आफैलाई अचम्म लाग्छ। स्थानीयले त मिलेमतोमा भन्ने नै हुन् ।” सशस्त्र प्रहरी निरीक्षक रावलले भने, “पहिलाको भन्दा भारतबाट आउने ठूलो परिमाणको मालसामानमा हामीले पूर्ण बन्देज गरेका छौं ।”

    सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाए पनि तस्करी भने बेलाबेलामा हुने गरेको छ। यता स्थानीयहरूले भने, सशस्त्र प्रहरीले यसरी कारबाही अगाडि बढाउँदै गए  मालसामानको अवैध ओसारपसार नियन्त्रण हुन सक्ने धारणा व्यक्त गरे ।

    बरामद गरेको ब्रोइलर कुखुरा र अण्डा जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालय बेलौरीका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको थियो।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by