Above Article Ad
  • पुनर्वासमा दुई दिनमा ८ हजार बढि वालबालिकाले लगाए दादुरा रुबेला रोग विरुद्धको खोप

    Above Article Content Ad
  • पुनर्वास  : देशब्यापी रुपमा फागुन १३ गते बाट दादुरा रुबेला रोग विरुद्धको खोप अभियान चलिरहेको छ।

    यसैक्रममा कंचनपुरको पुनर्वासमा दुई दिनमा ८ हजार बढिले वालबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएका छन् ।

    Article inline ad #1
  • १३ गते ३ हजार ८ सय ५७ र १४ गते ४ हजार ४ सय २९ गरि दुई दिनमा ८ हजार २ सय ८६ बालाबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामिले बताउनुभयो ।
    अभियान संचालन भएको पहिलो दिन आईतवार ९ महिना देखि ५ बर्षभित्रका ९ सय १९ र ५ बर्ष देखि १५ बर्ष सम्मका २ हजार ९ सय ३८ गरी ३ हजार ८ सय ५७ बालाबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएको हुन । यस्तै अभियानको दोस्रो दिन सोमबार ९ महिना देखि ५ बर्ष भित्रका ८ सय ८३ र ५ बर्ष देखि १५ बर्ष सम्मका ३ हजार ८ सय ४६ गरी ४ हजार ४ सय २९ बालाबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएको पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामिले जानकारी दिनुभयो ।
    आईतवार र सोमबारको अवस्थामा हेर्ने हो भने यो उत्साहजनक सहभागीता रहेको स्वास्थ्य शाखा प्रमुख धामिले बताउनुभयो । उहाले खोपका कारण अहिले सम्म काहींकतै समस्या नदेखिएको बताउदै सबैले ढुक्क भएर खोप लगाउन समेत आग्रह गर्नुभयो ।
    दादुरा रुबेला रोग विरुद्धको खोप अभियान पुनर्वासमा फागुन २१ गते सम्म चल्ने छ भने यहाँका १८ हजार बढी बालाबालिकालाई खोप लगाउने लक्ष्य रहेको पालिकाले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6