Above Article Ad
  • त्रिभुवनबस्ती प्रहरीद्वारा डेढ क्विन्टल ब्रोईलर बरामद

    पाँच जनालाई लागुऔंषध सहित नियन्त्रण

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले डेढ क्विन्टल ब्रोईलर कुखुरा नियन्त्रणमा गरेको छ ।

    शनिबार बिहान साढे पाँच बजेको समयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट सिभिलमा खटिएका प्रहरी निरीक्षक नरेशराज मल्ल र अस्थायी प्रहरी पोष्ट आईबीआरडीको संयुक्त प्रहरी टोलीले पुनर्वास-६ स्थित भारतीय सीमा नजिकैबाट डेढ क्विन्टल अवैध ब्रोईलर कुखुरा नियन्त्रण गरेको हो ।

    Article inline ad #1
  • भारतीय नम्बरको मोटरसाइकल युपी ३१ एपी ४४२९ नम्बरको मोटरसाइकलमा भारतीय बजारबाट ल्याउदै गरेको अवस्थामा नियन्त्रण गरेको करिब साढे सैत्तिस हजार नेपाली मुल्य बराबरको ब्रोईलर कुखुरा जनप्रतिनिधि, व्यवसायी र पत्रकारको रहोवरमा नष्ट गरिएको थियो ।

    Article inline ad #2

    दैनिक भारतीय बजारहरुबाट किराना, हार्डवेयर, फलफुल/तरकारी, ईलेक्ट्रोनिक्स लगायतका सामानहरु भित्रीने गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट खुलेयाम हुने तस्करी नियन्त्रण भने भएको प्रायः कम देखिने स्थानीयको भनाई छ ।

    अहिलेसम्मको अवस्था हेर्दा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा आउने नयाँ प्रहरी निरीक्षकहरुले सुरु सुरुमा निकै कडाईका साथ नियन्त्रण गर्ने र पछि अवैध सामानमा कुनै रोकावट नहुने गरेको स्थानीय तेजबहादुर खड्काले बताए ।

    “अहिले नव आगन्तुक प्रहरी निरीक्षकको कार्यशैलीले पुनर्वासमा हुने अवैध तस्करी र लागुऔंषध नियन्त्रण हुनेमा निकै विश्वस्त छौ । तर केहि महिनामै पुनर्वासीलाई जुनै जोगी आएपनि कानै चिरिएको भन्ने उखान जस्तै नहोस् ।”उनले भने,

    त्यस्तै त्रिभुवनबस्तीमा प्रमुखको जिम्मेवारी पाएको एक हप्तामै प्रहरी निरीक्षक मल्लले एकैदिन चार ग्राम लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिएका पाँच जनामा एक युवती र चार युवा रहेको र उनीहरुलाई कानुनी कार्वाही समेत अगाडी बढाएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

    उनले कानुन विपरीत गतिविधिमा संलग्न रहने हर कसैलाई पनि कानुनी दायरामा ल्याई कानुनमा उल्लेख बमोजिमको कार्वाही गर्नमा आफु अग्रसर रहने बताए ।

    प्रहरी निरीक्षक मल्लको उपस्थिति भन्दा अघि ईलाका प्रहरी कार्यालयमै लागुऔंषधको मुद्दा शुन्य थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button