Above Article Ad
  • डोटीको मतदान स्थलमा ४ राउन्ड गोली चल्यो

    Above Article Content Ad
  • दिपायल – डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भए पछि गोली चलेको छ । जिल्लाको शिखर नगरपालिका – ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड गोली चलाएको हो ।

    केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सृजना भए पछि भीड तितरबितर पार्न ४ राउण्ड हवाई फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिनु भयो।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भए पछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।             शिखर समाचारबाट

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button