Above Article Ad
  • उधोग वाणिज्यका अध्यक्ष तामाङद्वारा पेट्रोल पम्प सञ्चालन

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–२, स्थित हुलाकी राजमार्गमा पर्ने माईलीबजार नजिकै नँया पेट्रोल पम्प सञ्चालनमा आएको छ ।

    बुधबार पुनर्वास उधोग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङले सञ्चालनमा ल्याएको मिना आयल स्टोरको उनकै आमा ८० वर्षिय मैन्डोल तामाङबाट एक कार्यक्रमका बिच उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

    Article inline ad #1
  • पुनर्वास तथा लालझाडीका बासिन्दाको समस्यालाई मध्यनजर गर्दै पेट्रोलिय पदार्थको आपूर्ति मार्फत सेवा दिन पम्प सञ्चालनमा ल्याएको सञ्चालक कृष्णबहादुर तामाङले बताए । उनले अन्य पम्प भन्दा आधुनिक किसिमको र हाई डेकुरेशनको भएको जानकारी दिए ।

    Article inline ad #2

    उद्घाटन समारोहमा पुनर्वास नगरपालिकाका नगर प्रमुख, प्रदेश सभा सदस्य, पूर्व संविधान सभा सदस्य, निर्वतमान नगर प्रमुख, निवर्तमान उपमेयर, निर्वतमान जिल्ला समन्वय प्रमुख सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि सहित स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button