अस्पतालको शैयामा बिताईरहदा आफ्नै पार्टीले बिर्सिएको त्यो पिडा ?
अहिले जिल्ला अस्पतालमा ट्रायल उपचार भई रहेको छ,डाेटिमा सम्भव नभए काठमाडौ रिफर गर्ने डाक्टरले भन्नुभएको छ, आज राति २० काे १९ भएको छ,भाेलि रिपोर्ट कस्तो आउछ पुनः रिपोर्ट अनुसारको उपचार अस्पतालमा हुनेछ ,रिपोर्टले रिफर गर्नुपर्ने भनेपछि काठमाडौ तिर लाग्नुपर्नेछ।
गम्भीर उपचारका क्रममा मैले केही साथीहरूका फाेन उठाउन सकेन,स्वासप्रस्वास प्रणालि दम जस्तैः थियोे, अचम्मको प्रसङ पहिलो दिन जाउलाे खानुस, प्रस्सत पानी पिउनुस भन्नुभएको डाक्टरले हिजो दाेस्रो दिनबाट जाउलाे नि खान मिलेन पानी पनि खान मिलेन भन्नुभयो,हस् डाक्टर साप भने त्यसको विकल्प स्लाइन पानिमा औषिधि दिनु भयो उपचारको क्रममा राहत महसुस भयो।
,म भाेक १ हप्ता दिन देखिन १ महिना सहन सक्छु किनकि दिपायल राजधानी हुनुपर्छ भनेर गाेविन्द केसीले गरे अनसन ६५ दिन बसेकाे अनुभव र काठमाडौं अध्ययनरत हुदा २१ दिने अनुभव मसित अनुभव थियोे, तर अहिले राति २ बजे पानी प्यास लाग्यो अब के गर्ने मनमनै साेचे,अस्पतालको झ्यालबाट सितलि प्राणायामकाे अभ्यास गर्दै सुकेको ओठमुखलाई शान्त पार्दैछु।
चुनावी चटारो भएकोले हाेला, गठबन्धनका उम्मेदवारले एउटा सकृय कार्यकर्तालाई फाेन तथा भेट्न सक्नु भएन,बाध्यता हाेला यसमा गुनासो खासै छैन,कतिपयले देखेर पनि व्यस्त छु है कमरेड भन्नुभयो , सारमा के महसुस गरियो भने जसका पक्षमा लगातार लेखियाे,तिनले सम्झेँनन, अन्तमा हजारौं सामाजिक काम गरेर पनि तिताे अनुभव महसुस भयो । – लेखक तेज डुम्रेल पत्रकार र गठबन्धनका कार्यकर्ता हुन् ।