Above Article Ad
  • पुनर्वास नगरपालिकाका स्वास्थ्यकर्मी भट्ट रामलिला रत्न पत्रबाट सम्मानित

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकामा करिब ८ वर्ष देखि स्वास्थ्यकर्मीका रुपमा कार्यरत राजेन्द्र प्रसाद भट्ट रामलिला रत्न पत्रबाट सम्मानित भएका छन् ।

    शुक्रबार पुनर्वास नगरपालिका-३, स्थित आई.बी.आर.डी.को राधा कृष्ण मन्दिरमा आयोजित संगितमय रामलिला महोत्सवको समापन कार्यक्रममा स्वास्थ्यकर्मी भट्ट सम्मानित भएका हुन् ।

    Article inline ad #1
  • स्वास्थ्य क्षेत्रमा राम्रो अनुभव बटुल्नु भएका भट्ट २०७२ साल देखि रामलिला मंचन समेत गर्दै आउनु भएको छ ।

    Article inline ad #2

    उहाँ आयोजक समितिको महासचिव पदमा आवद्ध रहि रामलिला महोत्सवमा रावणको पात्रका रुपमा प्रस्तुती प्रदर्शन गर्नुभएको थियो ।

    रामलिला रत्न पत्र प्रदान गर्दै रामलीला सरक्षक स्वामी गोबिन्दाचार्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमले धार्मिक, पर्यटन, प्रवर्द्धन, सास्कृतिक जस्ता कुराहरुलाई संरक्षण गर्न टेवा पुग्ने बताउनुभयो ।

    मन्दिर समितिका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको संगीतमय रामलीला महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा रहनुभएको थियो । त्यस्तै रामलीला सरक्षकका रुपमा आनन्त विभुषित श्री १००८ गोविन्द आचार्य स्वामी हुनुहुन्थ्यो भने कार्यक्रमलाई सञ्चालन आनन्द सुवेदीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by