
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारका पक्षमा मतदाताको लहर, ठाउँ ठाँउमा फुलमालाले स्वागत
पुनर्वास – कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मतदाताका घरदैलोमा पुग्दै लहर बढ्दै गईरहेको छ ।
हिजो आज तिव्र चुनावी प्रचारप्रसारमा रहेका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्य बीना मगर र प्रदेश सभा सदस्य बन्धु रानालाई घरदैलोका क्रममा ठाउँ ठाँउमा फुलमालाले स्वागत गर्दै मतदाताको लहर देखिएको हो ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताको समेत चाहना बढेको प्रचारप्रसार संयोजक मानबहादुर रोकायाले जानकारी दिए ।
संयोजक रोकायाले सबै जातजाती र समुदायको पक्षमा , देशमा शान्ति र विकासका योजना ल्याउन सक्ने पनि लोकतान्त्रिक बाम गठबन्धनबाट मात्रै सम्भव हुने बताए।
कंचनपुरको क्षेत्र नम्बर १ का मतदाताहरुलाई लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ विजयी गराईदिन उनले अनुरोध गरेका छन् ।