Above Article Ad
  • तिहारमा पनि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारप्रसार तिव्र

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनाबी प्रचारप्रसार तिव्र अगाडी बढिरहेको छ ।

    निर्वाचन क्षेत्र १ को बेलडाँडी, बेलौरी, लालझाडी र पुनर्वास गरी चारै पालिकाका वडाहरुमा धमाधम बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन भईरहेको छ ।

    Article inline ad #1
  • आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी बहुमतले जिताउन नेता तथा कार्यकर्ताहरु मतदाताका घर दैलोमा पुग्ने क्रम जारी छ ।

    Article inline ad #2

    क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, प्रदेश सभा सदस्यका उम्मेदवारद्वोय दिवान सिह विष्ट र बन्धु रानालाई अगाडी बढाएपछि संविधानको रक्षा, संविधानले आदिवासी जनजाति, थारु दलित, महिला, विपन्न एव अल्पसंख्यकको हक अधिकार रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउन मतदाताहरुमा प्रतिबद्ध गराई चुनावी प्रचारप्रसार अभियानलाई निरन्तर अगाडी बढाएका छन ।

    निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा निर्वाचन मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले उम्मेदवार, गठबन्धनका सम्बन्धीत वडा, पालिका, प्रदेश, संघीय निर्वाचन क्षेत्र सहितका शिर्ष नेताहरुको उपस्थितिमा वडा कार्यालय उद्घाटन गर्दै आ–आफ्नो वडाहरुमा निरन्तर खटिने प्रतिबद्धता जाहेर गरिएको छ ।

    ‘निर्वाचन क्षेत्रका अधिकाँस वडाहरुमा सम्पर्क कार्यालय खुलिसकेका छन, ‘लम्सालले भने, ‘अब थोरै बाँकी छन, त्यो पनि एक दुई दिनमै हुन्छ ।’ बेलडाँडी र पुनर्वास बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको संयुक्त बैठकले थप निर्वाचनमा खटिने निर्णय भएको समेत बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by