Above Article Ad
  • कंचनपुरको डुबान क्षेत्रका किसानका धान खेतमा बि.एम.डि.एम.आई.को अमेरिकी टिम ?

    Above Article Content Ad
  • पुनर्वास- पुनर्वास नगरपालिका–२ र ५ मा दोदा नदिका कारण असोज महिनामा दुई पटक बाढी आयो । बाढीले धानखेती, उखुखेती र तिल खेतीलाई मात्रै नोक्सान गरेन । त्यसबाट सिमरीको रानाबस्ती र रातोताल बस्ती बाढीको प्रत्यक्ष चपेटामा परे । उनीहरु घर समेत छाड्न बाध्य भए । बाढीले डुबान बनाएपछि तत्कालै स्थानिय तहले उद्धार र राहत कार्यक्रमलाई प्राथमिकताका साथ हे¥यो ।
    तर स्थानिय सरकारले हेरीरहँदा विभिन्न सहयोगी निकायहरु पनि सहयोग गर्ने तर्फ अग्रसर देखिए । सहयोगका सिलसिलामा बुधबार देखि डुबान क्षेत्रका किसानका धान खेतमा बि.एम.डि.एम.आई.को अमेरिकी र नेपाली सहित एघार जनाको टिम पुगेका छन् । खेतमा धान काटिरहेका किसानसंग पानीमा डुबेका धान बोकेर सहायता गरिरहेका छन् । उनीहरुले सुदुरपश्चिममै कञ्चनपुरको पुनर्वासलाई रोज्दै किसानका खेत खेतमा पुगेर धान बोकेर सहायता पु¥याउँदे आएका छन् । करिब एक दशक देखि नेपालका विभिन्न जिल्लामा विपद,कृषि, शिक्षा, स्वास्थ्य, पुर्वाधार आकस्मिक राहत लगायतका क्षेत्रमा १५ भन्दा बढि गैरसरकारी संस्था मार्फत प्रोजेक्ट सञ्चालन भईरहेको बि.एम.डि.एम.आई.का असिस्टेन्ट कन्ट्री डाईरेक्टर देशरले जानकारी दिए ।
    त्यस्तै खेतीबालीको समयमा रकम दिन्छु भन्दा पनि खेताला नपाएको अवस्थामा बि.एम.डि.एम.आई.विदेशबाट आएका व्यक्तिमा देखिएको सहयोगी भावनाले आफुहरु पिडामा भएपनि निकै खुशी भएको किसानहरुले सुनाएका छन् ।
    उनीहरुले हिलो र पानीको कुनै प्रवाह नगरी हाम्रो दुःखमा देखाएको सद्भावप्रति संस्थाका सम्पूर्ण व्यक्तिहरुलाई हृदय देखि नै धन्यवाद व्यक्त गरेका थिए । आगामी वर्षहरुमा पनि यस्ता विपद हामीहरुमा आईरहने भन्दै पुनः सहभागी हुन समेत अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by